प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा:कांग्रेस, माओवादी र एमालेलाई ज्ञानेन्द्र शाहीको चुनौती

हेटौंडा-राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखसचेतक ज्ञानेन्द्र शाहीले क्रान्तिको नाममा राजनीतिक दलहरुले जनता लुटिरहेको आरोप लगाएका छन् ।थाहा नगरपालिकामा आयोजित राप्रपाको दोस्रो नगर अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने क्रममा प्रमुखसचेतक शाहीले जनता प्रमुख प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमाराजा चाहिन्छ भन्दै काठमाडौंमा उत्रिसकेको जिकिर गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान कांग्रेस, माओवादी र एमालेलाई चुनौती दिएका छन् ।
व्यवस्थाले देश बर्बाद भएको भन्ने विषय सबैले बुझेको बताउँदै प्रमुख शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थनरहने बताए । ‘तपाईंहरुसँग दुईतिहाई छ । हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईंहरुलाई हामी समर्थन गर्छौं । अनि चुनाव लडेर आऔं, जितौं,’ उनले भने । ‘आफैं मन्त्री हुने आफैं प्रधानमन्त्री हुने व्यवस्था ठीक भएन ।’
त्यसैगरी मकवानपुर क्षेत्र न १ का सांसद एवम् संसदीय पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले अहिलेकोसरकारले विकासको नाममा भ्युटावर मात्र खडा गर्ने गरेको टिप्पणी गरे । वर्तमान सरकारले युवालाइ विदेश पलाएन हुनबाट रोक्न नसकेको उनको भनाई छ । उनले आफूले सदनमा थाहामा ईलाका प्रशासन कार्यालय खोल्नुपर्छ भनेर आवाज उठाएको स्मरण गर्दै रुपचन्द्र बिष्टबाट आफूले राजनीतिको धेरै कुरा सिकेको बताए ।
माओवादी थाहाका अध्यक्ष बिनोदकुमार लामाले गणतन्त्राकिक मुलुकमा राजतन्त्रको वकालत गर्न पाउनु नै सुन्दरपक्ष भएको बताउँदै एउटा व्यक्ति जन्मिएको आधारमा भन्दा जनताले चुनेको राष्ट्रप्रमुखको बिकल्प हुन नसक्ने बताए । राप्रपा थाहा नगरअध्यक्ष नवीन रायमाझीको अध्यक्षतामा शिखरकोटको फल्चामा आयोजित नगर अधिवेशनलाईराष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष किशोर खत्री, जिल्ला कार्यबाहक अध्यक्ष राप्रपा सागर थापा, महिला संगठनका केन्द्रीय सचिव सरस्वती लामा, केन्द्रीय सदस्य रामहरि न्यौपानेलगायतले शुभकामना राखेका थिए । अधिवेशनले कुलमान तामाङको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी गठन गरेको जिल्ला सदस्य दीपक थापाले जानकारी दिए ।