हेटौंडामा जारी महायज्ञमा शुक्रबार ६६ लाख संकलन

साझाकुरा
२०८१ चैत्र २२, शनिबार १३:१५

हेटौंडा- मानवसेवा आश्रम मुख्य कार्यालयको क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले सुरु भएको महायज्ञमा शुक्रबार ६६ लाख १८ हजार ५ सय ३१ रुपैयाँ संकलन भएको आश्रमको वित्त विभागले जनाएको छ । शुक्रबार नगद र प्रतिबद्धता सहित यो रकम दानबापत प्राप्त भएको हो । महायज्ञमा संस्थागत तथा व्यक्तिगत रुपमा दानगर्ने मनकारी दाताको उल्लेखनीय सहभागिता रहेको थियो । महायज्ञको अवसरमा हेटौंडा उपमहानगरपालिका विभिन्न वडा कार्यालले आश्रमको व्यवस्थापनको लागि वार्षिकरुपमा आर्थिक सहयोग गर्ने घोषणा छन् ।

हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले १० लाख रुपैयाँ वार्षिकरुपमा प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिका १,२,३,६,७,८, १२,१६,१७ नम्बर वडा कार्यालयले आश्रमको व्यवस्थापनको लागि वार्षिकरुपमा ३÷३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता गरेका छन् । महायज्ञमा काठमाडौँ महानगरपालिका–७ निवासी गोपालबहादुररायमाझी÷ममता रायमाझीले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरे ।

काठमाडौँ महानगरपालिका–१४ निवासी कृष्णहरि आचार्य÷रीता आचार्यले वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरेका छन् । महायज्ञमा अक्षयकोष श्रीवृद्धिको लागि मनहरी गाउँपालिका–४ निवासी शंकर न्यौपाने÷रीता न्यौपाने (भण्डारी) ले २ लाख ६५ हजार रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै बकैया गाउँपालिका–५ स्थित तामाङ एग्रिगेट प्रा.लिले १ लाख २५ हजार रुपैयाँ र मनोक्रान्ति योग समूहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दिने प्रतिबद्धता गरेको छ ।

महायज्ञमा थाहा नगरपालिका निवासी शिखा बिष्टले हजुरआमा सावित्रा पाठकको स्वास्थ्यलाभको कामना÷ स्व.हजुरबुवा समाजसेवी उदयसिंह पाठकको स्मृतिमा १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् । हेटौंडा उप–महानगरपालिका–५ निवासी आमा शुशिला थापा÷छोरा रन्जित थापा तथा परिवारले स्व.राज्य (राजन) थापाको स्मृतिमा ५१ हजार १ सय रुपैयाँ दान गरेका छन् । महायज्ञमा अक्षयकोष श्रीवृद्धिका लागि थाहा नगरपालिकास्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले ५१ हजार १ सय ५ रुपैयाँ दान गरेको छ ।

महायज्ञमा व्यक्तिगत रुपमा सन्तकुमारी खत्री तथा परिवार, मीठाराम दाहाल, विजय ढकाल तथा परिवार, मुकुन्दप्रसाद रेग्मी÷रमाकुमारी रेग्मी, इश्वरी दाहाल÷ शकुन्तला दाहाल, पार्वती कंडेल, रामकुमार राजभण्डारी÷रुक्मिणी, लालहीरा दंगाल, टोलप्रसाद दंगाल, लोकलक्ष्मी आचार्य, कृष्णहरि आचार्य÷रीता आचार्य, अन्जना पौडेल, आश्विन अर्याल, बीरेन्द्रबहादुर पौडेल÷राधिकादेवी पौडेल, लक्ष्मण पौडेल, नवराज आर्याल, रचनारिमाल, रोमाई तामाङले सहयोग गरेका छन् ।

महायज्ञमा अक्षयकोष श्रीवृद्धिको लागि हेटौंडा उपमहानगरपालिका–९ स्थित खाद्य संस्थान टोल विकास संस्था, नमूना मेनरोड टोल विकास संस्था, सानाकिसान कृषि सहकारी संस्था बसामाडी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ विभाग, नेपाल चौरटोल विकास संस्था, सडक टोल विकास संस्था, पवित्र टोल विकास संस्था, पशुपतिनगर मर्निङ हेल्थ क्लब, साइलादाइ शुद्ध शाकाहारी खाजा घर, ओमनगर टोल विकास संस्था, सर्वेश्वर महादेव मन्दिर सेवा समिति, स्वागत टोल विकास संस्थाले दान गरेका छन् ।

महायज्ञमा फारलाईन किरणचोक टोल विकास संस्था, आपसी टोल विकास संस्था, गौरीशंकर भजनकीर्तन समिति, मौवाटार टोल विकास संस्था, महादेव टोल विकास संस्था, पिपलबोट टोल विकास संस्था, पिप्लेचोक टोल विकास संस्था, हेटौंडा–११ थानाभ¥याङ टोल विकास संस्था, पशुपति भजन मण्डली (दिदीबहिनी समूह), जिम्माडाँडा टोल विकास संस्था, हरियाली टोल विकास संस्था, पशुपति मन्दिर समिति परिवार, गणेशस्थान टोल विकास संस्था, गोलपिङटार टोल विकास संस्थाले सहयोग गरेका छन् ।

शान्तिचोक टोल विकास संस्था, पंचमी स्वावलम्बन सहकारी संस्था, सातधाप टोल विकास संस्था, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले दान गरेका छन् । महायज्ञमा नेपाली कांग्रसकी केन्द्रीय सहमन्त्री एवम् पूर्वजलस्रोत तथा उर्जा राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’लगायत हजारौँ व्यक्तित्वको गरिमामय उपस्थिति रहेको थियो । मावसेवा आश्रम मुख्य कार्यालयको क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ चैत २४ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*