हेटौंडा फुटबल एकेडेमीलाई उपाधि

साझाकुरा
२०८२ भाद्र १, आईतवार ११:२५

हेटौंडा-भारतको सिक्कीममा भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले जितेको छ । फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलअन्तरले हराउँदै साविक विजेता हेटौंडा फुटबल एकेडेमीले छिरिङ लामाको क्याप्टेनसीपमा दोस्रोपटक उपाधिमाथि कब्जा गरेको हो । गतवर्ष ७८ औं इन्डिपेन्डेन्सकोमा सम्पन्न भएको फाइनल खेलमा बरमेक क्लबलाई हराउँदै छिरिङ लामाकै क्याप्टेनसीपमा उपाधि चुम्न सफल भएको थियो । उपाधि जितेसँगै हेटौंडा फुटबल एकेडेमीको टिमले एक लाख रुपैयाँसहित शिल्ड तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता एवाइसी सिङ्तामको टिमले ६० हजार रुपैयाँसहित शिल्ड तथा ट्रफी प्राप्त गरेका छ्न् ।

हेटौंडा फुटबल एकेडेमीको तर्फबाट पहिलो हाफको ७ मिनेटमा गोल गर्दै सुजन भोम्जनले सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफकै २८ मिनेटमा संजिव अर्यालले गोल गर्दै अग्रतालाई बढाएकाथिए । एवाइसी सिङ्तामबाट जर्सी नम्बर–११ का खेलाडीले मात्र सान्त्वना गोल प्रहार गरेका थिए । त्यसपछि दोस्रो हाफको १० मिनेटमा गोल गर्दै अञ्जन चौधरीले खेललाई ३–१ गोल अन्तरको स्थितिमा पु¥याएका थिए । दोस्रो हाफकै २४ मिनेटमा मिलन स्याङ्तानले अन्तिम गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच घोषित हुँदै हेटौंडा फुटबल एकेडेमीका गोलरक्षक अस्मिर गोङ्बाले ६ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हेटौंडा फुटबल एकेडेमीकै गोलरक्षक अस्मिर गोङ्बा र सर्वाधिक गोलकर्ता घोषित हुँदै मिलन स्याङ्तानले ट्रफी प्राप्त गरेका छन् । हेटौंडाको तर्फबाट पहिलो गोल गरेका सुजनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । आइतबार भएको पहिलो सेमीफाइनल खेलमा एवाइसी सिङ्ताम सेभन स्टार क्लबलाई टाइब्रेकरमा हराउँदै फाइनलमा आइपुगेको थियो भने सोमबार भएको सेमीफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर नेपालको टिमले ड्रागन फुटबल क्लबलाई ४–० गोलले हराउँदै फाइनलमा आइपुगेको थियो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा पुगेको टिम प्रशिक्षक भीम लामाले बताए । शनिबार भएको क्वाटरफाइनलको खेलमा बरमेक फुटबल क्लबलाई ३–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमी सेमीफाइनलको स्थानसुरक्षित गरेको र एवाइसी सिङ्तामले २–१ गोलले केएफसी समरडुङ्लाई हराउँदै सेमीफाइनलको स्थान सुरक्षितगरेको टिम म्यानेजर सञ्जय लामाले जानकारी दिएका छन् । मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो । सिक्कीममा हरेक वर्ष ‘इन्डिपेन्डेन्स डे’ को अवसरमा फुटबल प्रतियोगिता हुने गरेको छ । हेटौंडाको टिम विगद ३ वर्षदेखि इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*