बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट सुरु

साझाकुरा
२०८२ भाद्र २, सोमबार ११:५४

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनोट सुरु गरेको छ । आइतबारदेखि वडा नम्बर ४ स्थित सहिदस्मृति रंगशालामा खेलाडी छनोट सुरु गरेको हो ।आइतबार वडा नम्बर ४ र ५ नम्बरका खेलाडी छनोट गरिएको छ । भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनोट गरिने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । सबै वडामा छनोट पश्चात् अन्तिमचरण छनोट गरेर एकेडेमीमा राखेर व्यावसायिक रुपमा खेलाडी उत्पादन गर्ने उनले बताए । यस्तै एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले सरकार र एन्फाबीचको सहकार्य स्थानीय तहबाट भएकोमा खुशी व्यक्त गरे । उनलाई एकेडेमी सञ्चालनका लागि एन्फासँग सहकार्य गर्ने बताए ।

मुख्य प्रशिक्षक मेघराज केसीको टिमले खेलाडी छनोट सुरु गरेको छ । राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब व्यावसायिकरुपमा खेलाडी उत्पादन गर्ने गरी एकेडेमी सञ्चालनको तयारी थालेको हो । छनोट भएका खेलाडीलाई बागमती–८ स्थित एकेडेमी भवनराखेर प्रशिक्षण गराउने गाउँपालिकाले तयारी गरेको छ । खेलाडी छनोट कार्यक्रममा एन्फा केन्द्रीय सदस्य लामा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, सदस्य आलोक स्याङ्तन, बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर थिङ, उपाध्यक्ष मुक्ति लामा र बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*