नेकपा एस मकवानपुरका अध्यक्ष दाहाल रास्वपामा प्रवेश
हेटौंडा-पछिल्ला केही समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । दाहालसँगै नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा प्रवेश गरेका हुन् । रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्यालले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
दाहालले पुराना कम्युनिस्ट नेताहरु कहिल्यै नसच्चिने भएकाले आफू नयाँ विकल्पको खोजीमा रास्वपा रोजेको प्रतिक्रिया दिए । रास्वपा प्रवेशसँगै मकवानपुरमा पार्टीको संगठन विस्तारमा थप बल पुग्ने अपेक्षा गरिएको छ । दाहाल लामो सयम नेपाली कांग्रेसको कर्मठ कार्यकर्ता रहेका थिए । नेपाली कांग्रेस छोडेर एमाले बनेका दाहाल एमाले बिभाजन पछि नेकपा समाजवादीमा गएका हुन् ।







