क्षतिग्रस्त प्रदेश संरचनाको मुख्यमन्त्रीसहित प्रतिपक्षी दलको निरीक्षण

साझाकुरा
२०८२ आश्विन ३, शुक्रबार १०:४०

हेटौंडा-गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशमा क्षतिग्रसत बनेका विभिन्न संरचनाको बिहीबार बागमती प्रदेश सरकारर प्रतिपक्षले छुट्टाछुट्टै निरीक्षणगरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहितका मन्त्रीहरु र प्रतिपक्षी दल नेकपा माओवादी तथा एकीकृत समाजवादी लगायतका नेताले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको अनुगमन गरेका हुन् । निरीक्षणको क्रममा मुख्यमन्त्री बानियाँले एक महिनाभित्र क्षति भएका संरचनाको पुनर्निर्माण कार्य सुरु गरिने बताए । उनले प्राविधिक दृष्टिकोणले क्षतिको मूल्यांकन गरी सोहीअनुसार अगाडि बढ्ने बताए ।

मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका नाममा घुसपैठ भएको दाबी गरे । आन्दोलनमा नाममा राज्यका तीन अंग र गणतन्त्रमाथि नै सुनियोजित आक्रमण भएको आरोप लगाए । मुख्यमन्त्री बानियाँसँगै निरीक्षण टोलीमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, खानेपानीमन्त्री कृष्ण तामाङ, गरिबी तथा सहकारी मन्त्री बिन्दू रायमाझी, प्रदेशप्रमुख सचिव भुपाल बराल लगायत सहभागी रहेका थिए ।

उनीहरुले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, चारवटा मन्त्रालय रहेको सेतो भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र चौकीटोलस्थित भाटभटेनी सुपर मार्केट लगायत स्थानको निरीक्षण गरेका छन् ।

यसैगरि बिहीबार नै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी र एकीकृत समाजवादीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका छन् । निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले प्रदेश सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठाए । नेता जम्कट्टेलले कार्यकारी भूमिकामा रहेको प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएको आरोप लगाए । आपत विपतका समयमा सरकार सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले सरकार भाग्न नहुने बताए ।

व्यवस्था परिवर्तनका लागि लडेका पार्टीहरु सरकारमा हुँदा पनि प्रभावकारी भूमिका नदेखिनु दुःखद भएको उनको भनाइ थियो । सरकारी र सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी तथा तोडफोड निन्दनीय भएको उनले उल्लेख गरे । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले अहिलेको परिस्थितिको सिर्जना हुनुमा राजनीतिक दलको जनताप्रतिको जवाफदेहीता कमजोर भएको कारण रहेको बताए । नेताहरुमा जीवनभर नेतृत्वमा रहनुपर्छ भन्ने मानसिकताको उपज पनि वर्तमान परिस्थति आएको औंल्याए ।

आन्दोनको दशौं दिनमा सरकार र प्रतिपक्ष प्रदेश राजधानी हेटौंडाको अवस्था बुझ्न आएका हुन् । जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका ९ मन्त्रालय तथा मातहतका कार्यालयमा तोडफोड तथा आगजनी गरिएको थियो ।

जेनजी पुस्ताको आन्दोलनको नाममा घुसपैठ भयोः मुख्यमन्त्री बानिया“

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जेनजी पुस्ताको आन्दोलनको नाममा घुसपैठ भएको बताएका छन् । बागमती प्रदेशसभा सहितका अन्य सरकारी संरचनामा भएको क्षतिको निरीक्षण गर्दै मुख्यमन्त्री बानियाँले जेनजी युवाको प्रदर्शनको मौका छोपेर राज्यका तीन अंग र गणतन्त्रमाथि नै सुनियोजित आक्रमण भएको बताए । जेनजीले माग राखेर प्रदर्शनको क्रममा देशभर सुनियोजित तरिकाले व्यवस्थापिका, न्यायपालिका कार्यपालिका र संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार भएको उनको भनाई छ ।

मुख्यमन्त्री बानियाँले विद्यमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेर मुलुकलाई निकास दिएको बताए ।मुख्यमन्त्री बानियाँले सभामुखको राजीनामाबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । उपसभामुखको अध्यक्षतामा प्रदेशसभा बैठक सञ्चालन गर्न सकिने उनले बताए । वर्तमान संविधान रहेसम्म प्रदेश पनि रहने उनले बताए । मुख्यमन्त्री बानियाँले संघ सरकारको म्यान्डेट चुनाव गराउनुसम्म मात्र रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*