जेनजी आन्दोलनको क्षतिमा २ अर्ब ७९ करोड बीमादाबी भुक्तानी

साझाकुरा
२०८२ कार्तिक १५, शुक्रबार ११:३७

हेटौंडा- भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको दाबीमध्ये निर्जीवन बीमा कम्पनीले अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिब २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् ।निर्जीवन बीमा कम्पनीमा कुल २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ मागदाबी परेको थियो । सम्पत्ति बीमातर्फ २ अर्ब २७ करोड ११ लाख रुपैयाँ र मोटर बीमातर्फ ४७ करोड ७७ लाख भुक्तानी दिएको निर्जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणलाई दिएको तथ्यांकमा उल्लेख छ । सम्पत्ति बीमातर्फ ६७३ वटा दाबी परेको थियो ।

यस्तो दाबी रकम कुल १९ अर्ब १ करोड ९४ लाख रुपैयाँ छ । मोटर बीमातर्फ २ हजार २७० वटा दाबी परेको थियो । यस्तो दाबी रकम कुल ३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ छ । यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीमा करिब ३६ करोड ७९ लाख रुपैयाँको दाबी परेको हो । यसमध्ये बीमा कम्पनीले ४ करोड ६२ लाख भुक्तानी गरेका छन् । अन्य बीमातर्फ कुल ३८ करोड ७२ लाख रुपैयाँको ४० वटा दाबी परेको हो । यसमध्ये करिब २२ लाख रुपैयाँ अग्रिम भुक्तानी भएको छ ।

परिवहन बीमातर्फ १२ वटा दाबीमा १ करोड ६६ लाख माग गरिएको छ ।पुनर्बीमा कम्पनीबाट निर्जीवन बीमा कम्पनीहरुलाई एक अर्ब ९९ करोड २२ लाख अग्रिम पेश्की भुक्तानी भएको छ । नेपाल पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरुबाट कूल २ हजार ८६८ वटा दाबी परेको छ । यो दाबीमा १६ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुनर्बीमा दाबी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*