पूर्व एमालेजनलाइ मुलघर फर्कन पार्टीको अपिल

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार १२:१२

हेटौंडा- नेकपा एमाले मकवानपुरबाट विभिन्न समयमा पार्टी छोडेर गएकाहरुलाई मुल पार्टीमा फर्कन एमाले मकवानपुरले अपिल गरेको छ । पार्टीले अपिलपत्र सार्वजनिक गर्दै भनेको छ, ‘विद्यमान परिस्थितिमा तपाईहरुको योगदानको निरन्तरता, राजनैतिक क्रियाशीलता र सुनिश्चित गन्तव्य पुरानो घर नेकपा एमाले नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।’ नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयले हामीलाई गर्वबोधको अनुभूति भएको उल्लेख गदै पार्टी उपाध्यक्ष हिदम लामाद्वारा हस्ताक्षरित अपिलपत्रमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र आन्दोलनमा भएको घुसपैठले मच्चाएको विध्वंसपछिको अवस्थालाई विश्लेषण गर्दा पनि एमालेको पार्टी कार्यालय र एमाले नेतृत्वको निवासलाई प्रहारको निशाना बनाएको देखिन्छ ।’

नेकपा एमालेलाई कमजोर बनाउदा मात्र नेपालको राष्ट्रिय स्वाधीनताको पक्षलाई धक्का दिन सकिन्छ र समृद्धिका सपनालाई मुर्छित गर्न सकिन्छ भन्ने देशीविदेशी शक्तिहरुको सोच छर्ल· देखिएको अपिलपत्रमा दाबि गरिएको छ । यो समय राष्ट्रिय राजनीतिमा नयाँ तर· देखापरेको र दलहरुमा गठन पुनर्गठन र विघटनका श्रृंखला सुरु भएको उल्लेख गरिएको छ । अपिलपत्रमा भनिएको छ ‘हिजो नेकपा एमालेमा आवद्ध भई लामो समय यो पार्टी निर्माणमा रगतपसिना बगाउनुभएका कमरेडहरु मकवानपुरमा पनि पार्टी विभाजनको क्रममा एकीकृत समाजवादीमा आवद्ध हुनु भएको थियो, तसर्थ, एकीकृत समाजवादीमा आवद्ध मकवानपुरका सम्पूर्ण कमरेडलाई नेकपा एमाले मकवानपुर आफ्नै घर फर्कन हार्दिक आह्वान गर्दछ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*