एन्फा प्रेसिडेन्ट कपः लालीगुराँस र बिजय स्पोर्टस्को पहिलो जीत

साझाकुरा
२०८२ कार्तिक २५, सोमबार १३:४१

हेटौंडा- कास्कीको लालीगुराँस एशोसिएसन र कैलालीको बिजय स्पोर्टस्ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत निकालेको छ ।हेटौंडा–६ गौरीटार रंगशालामा आइतबार भएको पहिलो खेलमा बर्दियाको जनजागृति युवा क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै लालीगुँरास बिजयी भएको हो । पहिलो हाफमा एक गोल गरेको लालीगुराँसले दोश्रो हाफमा तीन गोल गरेको हो । लालीगुराँसको लागि आशीष गुरुङले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्दा यमबहादुर श्रेष्ठले एक गोल गरे । गुरुङले खेलको ३३ औं, ९० औं र इन्जुरी समयमा गोलगरे भने श्रेष्ठले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । खेलको प्लेयर अफ दि म्याच आशीष गुरुङ घोषित भए ।

यसअघि लालीगुँरासले कैलालीको बिजय स्पोर्टस्सँग बराबरी खेलेको थियो । जनजागृतिको प्रतियोगितामा यो लगातार दोश्रो हार हो । त्यसैगरी आइतबार नै भएको दोश्रो खेलमा बिजय स्पोर्टस्ले धनकुटाको देउराली युथ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पहिलो जीत निकालेको छ । बिजय स्पोर्टस्को लागि निरज चौधरीले ह्याट्रिक गरे भने अरुण थापाले एक गोल गरे । निरजले खेलको १२ औं, १४ औं र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने थापाले ४७ औं मिनेटमा गोल गरेका हुन् ।

देउरालीको लागि एकमात्र सान्त्वना गोल २५ औं मिनेटमा उज्ज्वल राईले गरे । खेलको प्लेयर अफ दि म्याच निरज चौधरी घोषित भए । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । अन्तिम ४ मा पुग्ने टोली यही पुसमा हुने राष्ट्रिय लिगमा समेत सहभागि हुने पाउनेछ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*