बागमतीका प्रमुखसचिव बरालको सरुवा

साझाकुरा
२०८२ कार्तिक २९, शुक्रबार १०:५०

हेटौंडा- बागमती प्रदेशका प्रमुखसचिव भूपाल बरालको सरुवा भएको छ । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरेको हो ।अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुखसचिवमा पदस्थापन गरिएको थियो । जिम्मेवारी पाएको ५ महिनामै उनलाई बागमती प्रदेशको प्रमुखसचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्किएका हुन् ।

बराल यसअघि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालले यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख तथा आन्तरिक राजस्व विभागको महानिर्देशक जस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त रहेको राजस्व सचिवमा बराललाई ल्याइएको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुखसचिवमा लुम्बिनी प्रदेशका प्रमुखसचिव बाबुराम अधिकारीलाई सरुवा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*