मकवानपुरमा पहिलो पब्लिक स्पिकिङ शो

साझाकुरा
२०८२ मंसिर १२, बिहीबार ११:००

हेटौंडा- मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने भएको छ । प्रेस विज्ञप्ति जारी गर्दै मनको कुरा मञ्चसम्म भन्ने मूलनारासहित मेरो बुलन्द आवाज जुनियर सिजन–१ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो ।पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौंडाको साझा प्रयासमा सिजन–१ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडाका प्रमुख रुपककालिराजले जानकारी दिए । मकवानपुरमा पहिलोपटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित भएका उनले बताए । उनले भने, ‘जिल्लाका विद्यार्थीलाई आत्मविश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम कक्षा ६ देखि १० सम्ममा विद्यार्थीलाई लक्षित गरी विद्यालयमै पुगेर छनोट गरिने छ ।’उनले मकवानपुरका विद्यालयका उत्साही तथा इच्छुक विद्यार्थीलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।

कार्यक्रमले विद्यार्थीलाई आफ्नो विचार खुलस्त अर्थात निर्धक्क व्यक्त गर्न, सामाजिक तथा शैक्षिक विषयमा बोल्न सिक्न तथा सार्वजनिक सहभागितामा अग्रसर हुन महत्वपूर्ण भूमिका निभाउनेकार्यक्रमका निर्देशक अनन्त खुलालले बताए । ‘अहिले मेघा अडिसनका लागि स्टुडियोको निर्माण अन्तिमचरणमा पुगिसकेको र प्रि–अडिसन २०८२ मंसिर १५ गतेदेखि सुरु हुनेछ’ खुलालले भने । प्रवेश निशुल्क रहेको अडिसनमा करिब ५ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार अडिसनमा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तित्व निर्णायकका रुपमा रहेका छन् । निर्णायकको रुपमा लामो समय खोजपत्रकारितामा सक्रिय देवराज पन्त, आधुनिकराष्ट्रिय माविका सहप्रध्यानाध्यापक मालती पोखरेल र तुलसीमेहर मोमोरियल माविका सहायक प्रिन्सीपल कमल नेपाल रहेका छन् । जुनियर सिजन–१ का विजेतामा प्रथम हुनेले नगद ५० हजार, शिल्ड, प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजारसहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्नेछन् । जुनियर सिजन–१ कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैयाँ खर्च हुने अनुमान
गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*