नेकपाको हेटौंडा उपमहानगर समिति एकता विस्तार बैठक

साझाकुरा
२०८२ पुष १, मंगलवार १०:५७

हेटौंडा-नेपाली कम्युनिस्ट पार्टीको हेटौंडा उपमहानगरपालिका समिति एकता बिस्तार बैठक सम्पन्न भएको छ । नेकपाका पूर्वघटक पार्टी नेकपा माओवादी केन्द्रका नेता प्रदीप अर्यालको सभाध्यक्षतामा भएको बैठकमा संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । नेकपाको पूर्वघटक पार्टी नेकपा एस, नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रीय, प्रदेश, जिल्ला र नगर तथा वडाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

बैठकमा सम्बोधन गर्दै संविधानसभा सदस्य लामिछानेले राजसंस्था आउँदा जनताको लोकप्रिय मत पाएर आमजनताको छोराछोरी नै राष्ट्रपति, प्रधानमन्त्री हुन पाउने अवसर गुम्ने बताए । ‘एउटा वंशले राज्य गर्दा आमनागरिकले बोल्न पाउने अधिकार थिएन । आमनागरिकले आफ्नो भावना व्यक्त गर्न पनि अनुमति लिनुपथ्र्यो लोकतान्त्रिक गणतन्त्रले त्यो अवस्थामा परिवर्तन ल्याएको छ’ लामिछानेले भने ।

अबको समय छरिएर रहेका कम्युनिस्टहरु एक भएर देश बचाउने बेला आएको उनले बताए । ‘अब हामी एकतामा आइसकेपछि अब छुट्टाछुट्टै नारा, जुलुस, आमसभा गर्दैनौं’ उनले भने, ‘यो एकता बिस्तार हो हामी एक भएर देश बचाउछौं त्यसको लागि ढिलै भएपनि चुनाव आवश्यक छ ।’ हेटौंडा–४ गर्दोइस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा नेता सन्तोष न्यौपाने, देवराज गौतम, सागर बानियाँ, लक्ष्मी पाख्रिन, पार्टीका नगरइन्चार्ज धु्रबबहादुर भुजेल, नेता केदानाथ दुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*