कांग्रेस मकवानपुरले सम्झियो प्रथम सभापति स्व. सूर्यबहादुर डिम्डुङलाई
हेटौंडा-नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिले कांग्रेस मकवानपुरका प्रथम सभापति स्वर्गीय सूर्यबहादुर डिम्डुङलाई सम्झिएको छ ।कांग्रेस मकवानपुरको वर्तमान कार्यसमितिले संस्थापक सभापति डिम्डुङको सम्मान गर्दै हेटौंडा उपमहानगरपालिका–२ स्थित पार्टी कार्यालय बिपी स्मृति भवन परिसरमा निर्माण गरिएको भवनलाई प्रजातान्त्रिक सेनानी एवम् नेपाली कांग्रेस मकवानपुरका प्रथम सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन नामाकरण गरेको हो । स्मृति भवनको सोमबार कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटनगरेका हुन् ।
कांग्रेस मकवानपुरका सभापति एवम् मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामाले पार्टीका संस्थापक सभापति डिम्डुङको योगदानलाई चीरस्थायी बनाउन बिपी स्मृति भवन परिसरमा निर्माणगरिएको भवनलाई सूर्यबहादुर डिम्डुङ स्मृति भवन नामाकरण गरिएको बताए । सभापति लामाले संस्थापक सभापति डिम्डुङले पार्टी संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चागर्दै अग्रजहरुले गरेको योगदानको स्मरण र सम्मान गर्नु पछिल्लो पुस्ताको दायित्व भएको बताए ।मुख्यमन्त्री बानियाँले मकवानपुरमा नेपाली कांग्रेसलाई चलायमान बनाउन स्व. सूर्यबहादुर डिमडुङले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । उनका अनुसार डिमडुङको भूमिका जिल्ला तहमा मात्र सीमित नरही केन्द्रीय राजनीतिसम्म स्थापित रहेको थियो ।
संगठन विस्तार, जनसम्पर्क रराजनीतिक आन्दोलनमा उनले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै स्मृति भवन निर्माण गरिएको बताइएको छ । प्रतिबन्धितकालमा कांग्रेसका तत्कालीन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले मकवानपुर जिल्लामा पार्टी संगठन निर्माणसँगै प्रजातन्त्र पुनर्वहालीको आन्दोलनलाई प्रभावकारी बनाउने जिम्मेवारीसहित सभापतिमा मनोनयन गरी जिम्मा दिएका थिए ।प्रतिबन्धित कालको कठोर दिनसँगै प्रजातन्त्र प्राप्तिपछिको दिनहरुमा गरी एक दशकभन्दा बढी समय कांग्रेस मकवानपुरको सभापति भएर डिम्डुङ निरन्तर पार्टी संगठन निर्माणमा जुटेका थिए ।
भवन निर्माण गर्नको लागि प्रभातकुमार दाहालको संयोजकत्वमा भवन निर्माण समिति निर्माण गरिएको थियो । प्रदेश सरकारबाट प्राप्त केही आर्थिक सहयोगमा निर्माण गरिएको भवनको पहिलो तलामा तीनवटा कोठारहेका छन्, जसलाई पार्टी गतिविधि, बैठक, अध्ययनचिन्तन तथा सामुदायिक प्रयोजनका लागि प्रयोग गरिने सभापति लामाले बताए ।
मकवानपुरमा नेपाली कांग्रेसको संगठन निर्माण र राजनीतिक चेतनाको विकासमा अग्रणी भूमिका निर्वाह गरेका व्यक्तित्व हुन् डिम्डुङ । उनी नेपाली कांग्रेस मकवानपुरका प्रथम सभापतिका रुपमा इतिहासमा स्मरणीय नाम बनेका छन् । प्रतिवन्धित समयमा मकवानपुरको डाँडाखर्क गाविस हाल कैलाश गाउँपालिकामा भएको सबै सम्पति पञ्चायतले सर्वश्वहरण गरेको थियो । २०४८ को आमनिर्वाचनमा निर्वाचन क्षेत्र ३ न बाट प्रतिनिधीसभाको उम्मेद्वार समेत बनेका थिए ।
राजनीतिक रुपमा कठिन र संक्रमणकालीन समयमै डिम्डुङले कांग्रेसको संगठनात्मक जग बसाल्ने काम गरेका थिए । तत्कालीन अवस्थामा प्रजातान्त्रिक विचार र संगठन विस्तार गर्नु चुनौतीपूर्ण थियो । त्यस्तो अवस्थामा पनि उनी निडर, सिद्धान्तनिष्ठ र समर्पित भएर कांग्रेसको झण्डा मकवानपुरमा उठाउन सफल भए । सूर्यबहादुर डिम्डुङको नेतृत्वमा मकवानपुरमा कांग्रेसका प्रारम्भिक संरचना गठन भएका थिए । गाउँगाउँमा कार्यकर्ता जोड्ने, जनतालाई लोकतन्त्र र नागरिक अधिकारबारे सचेत गराउने तथा पार्टीलाई जनआधारमा स्थापित गर्ने काममा उनी सक्रिय रहे ।
राजनीतिक दमन, सीमित स्रोत र जोखिमका बाबजुद उनले संगठनलाई निरन्तर अघि बढाए । उनले पार्टीभित्र अनुशासन, एकता र विचारको महत्वमा जोड दिँदै कार्यकर्तालाई प्रशिक्षण र प्रेरणा दिने कामसमेत गरेका थिए । उनका प्रयासले मकवानपुरमा कांग्रेसलाई दीर्घकालीनरुपमा स्थापित राजनीतिक शक्तिका रुपमा उभ्याउन मद्दत पुगेको जानकारहरु बताउँछन् । आजको संगठित र सक्रिय कांग्रेस मकवानपुरको आधार तयार गर्ने श्रेय सूर्यबहादुर डिम्डुङजस्ता प्रारम्भिक नेतृत्वकर्तालाई जान्छ । उनको योगदान पार्टीको इतिहासमा मात्र सीमित छैन, मकवानपुरको राजनीतिक विकास क्रममा पनि गहिरो रुपमा जोडिएको छ ।समय बित्दै जाँदा नयाँपुस्ता राजनीतिमा आएको भएपनि कांग्रेसभित्र र जिल्लाकोराजनीतिक वृत्तमा डिम्डुङको योगदानलाई सम्मानपूर्वक स्मरणगरिन्छ ।







