चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा
हेटौँडा- प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत् समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् । संविधानसभा सदस्य एवं नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा समेटिएको जानकारी दिएका छन् ।उनले मकवानपुरको एक र चितवनमा दुई जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेको बताए । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र गतिशिल लोकतान्त्रिक पार्टीले एक÷एक जना समानुपातिकको बन्दसूचीमा राखेको छ ।
नेकपाबाट प्रतिनिधिसभा समानुपातिक सूचीमा पर्नेमा मकवानपुरको साबिक हाँडीखोला गाविस हालको मनहरी गाउँपालिका–३ स्थित सिद्धकालीका म·लसिंह चेपाङ छन् । एमालेबाट चितवनको कालिका नगरपालिका शक्तिखोरका सन्तबहादुर चेपाङ समानुपातिक सूचीमा परेका हुन् ।यस्तै, नवगठित गतिशिल लोकतान्त्रिक पार्टीले चितवनको राप्ती नगरपालिका कोराकका विश्वास चेपाङलाई समानुपातिक सूचीमा समेटेको छ । देश संघीयतामा गएसँगै सीमान्तकृत चेपाङ समुदायले नीति निर्माणदेखि कार्यकारी भूमिका निर्वाह गर्नेसमेत अवसर पाएका छन् ।
२०६४ सालको संविधान सभा सदस्यमा एमालेले मकवानपुरका गोविन्दराम चेपाङ र तत्कालीन माओवादी गोरखाकी माया चेपाङलाई संविधानसभा सदस्य बनाएको थियो । यस्तै, नेपाली कांग्रेसले मकवानपुरका सन्तबहादुर प्रजालाई प्रदेशसभा सदस्यहुँदै प्रदेश सरकारको राज्यमन्त्रीसम्मको जिम्मेवारीमा पु¥याएको थियो ।प्रदेशसभाको पहिलो कार्यकालमा सन्तबहादुर बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका थिए । पूर्वराज्यमन्त्री सन्तबहादुरले पछिल्लो समयमा मधेशी, दलित, जनजाति, सीमान्तकृतलगायतको नाममा पहुँचवाला र प्रभावशालीले अवसर पाउनु संघीयता र संविधानको भावना अनुसार नभएको बताउनुभयो । २०७८ सालको जनगणना अनुसार नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार तीनसय ६४ रहेको छ ।







