बिजय गौतम भन्छन्ः ‘यो वडा, क्षेत्र र देश बदल्ने अभियान हो’

साझाकुरा
२०८२ माघ २१, मंगलवार ११:०३

हेटौंडा-नेपाली कम्युनिष्ट पार्टीले मकवानपुरको हेटौंडा उपमहानगरका विभिन्न वडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रमले चुनावी माहोल थप तातेको छ ।सोमबार हेटौंडा उपमहानरको ४ ओटा वडामा उत्साहजनक सहभागितामा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्रघाटन गरिएको छ । हेटौंडा–१२ हात्तीगौंडा, हेटौंडा–१३ पदमपोखरीचोक, हेटौंडा–१४ मयुरधापचोक र हेटौंडा–७ नागस्वती चोकमा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले यो निर्वाचन केवल जीत–हारको प्रतिस्पर्धा मात्रै नभई वडा, क्षेत्र र देश बदल्ने अभियान भएको बताए । उनले भने, ‘हामी साँच र मानका लागि आएका हौँ। यो अभियान परिवर्तनको अभियान हो । त्यसैले घरघरमा पुगेर यो सन्देश फैलाउनु पर्छ ।’ गौतमले सुशासन र सशक्त कार्यकारी व्यवस्थालाई अहिलेको प्रमुख राजनीतिक एजेन्डा भएको उल्लेख गर्दै उत्पीडित वर्ग, जाति, क्षेत्र र निम्नवर्गका अधिकार स्थापित गर्ने सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे ।

‘मैले कहिल्यै तपाईंहरुको शीर झुक्ने काम गरेको छैन र भविष्यमा पनि गर्ने छैन,’ उनले भने, ‘जे गर्छु, तपाईंहरुको शीर उच्च हुने काम गर्छु ।’ कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, ध्रुवकुमार भुजेल, केन्द्रीय सदस्य मीनाकुमारी लामा, बागमती प्रदेश सचिवालय सदस्य ललित घलानलगायत नेताले पनि सम्बोधन गरेका थिए ।उनीहरुले पार्टीको एजेन्डा, संगठन सुदृढीकरण र घरदैलो अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आह्वान गरे ।

त्यस्तै, कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका बागमती प्रदेश सदस्य रामजी नेपाल, माधव तिमल्सिना र मकवानपुर संयोजक भीम पाख्रिनले पनि मन्तव्य राख्दै हरेक टोलटोल र घरघरमा पुगेर पार्टीको सन्देश पु¥याउन कार्यकर्तालाई निर्देशन दिए । नेताहरुले समय कम रहेकाले अब वडा बैठक, टोल बैठक र घरदैलो अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिए । बागमती, बकैया र हेटौंडामा सुरु भएको अभियानले स्पष्ट सन्देश दिएको भन्दै उनीहरुले विजय गौतमको जित सुनिश्चित गर्न एकताबद्ध भएर मैदानमा उत्रन सबैलाई आग्रह गरे ।

कार्यक्रममा सहभागी कार्यकर्ताले निर्वाचन अभियानलाई थप सशक्त बनाउँदै जनतामाझ पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको प्रतिबद्धता पु¥याउने संकल्प व्यक्त गरेका थिए । हेटौंडा–१२ हात्तीगौंडामा रामहरि पोखरेलको अध्यक्षता, हेटौंडा–१३ पदमपोखरीचोकमा सूर्यबहादुर छुमीको अध्यक्षता, हेटौंडा–१४ मयुरधापचोकमा सानुकान्छा रुम्बाको अध्यक्षता र हेटौंडा–७ मा बासुदेव कटुवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*