सुशासनयुक्त समाज निर्माणमा प्रतिवद्ध छु : नेतृ डीना

साझाकुरा
२०८२ माघ २३, बिहीबार १४:००

हेटौंडा-नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले कांग्रेस भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा प्रतिवद्ध रहेको बताएकी छिन् । उनले कांग्रेस सुधारिएर आएको र देशलाई आर्थिक एवम् सामाजिक रुपमा बदल्ने संकल्प लिएको बताइन् ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार उपाध्यायले आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित गरी मकवानपुरगढी गाउँपालिका विभिन्न वडामा मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट र सम्पर्क कार्यालय स्थापना कार्यक्रममा यस्तो बताइन् । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा आयोजित कार्यक्रममा कांग्रेस नेतृ उपाध्यायले मतसँगै नेता, कार्यकर्ता र शुभेच्छुकको मन जोड्न आफू उम्मेदवार बनेको बताइन् । युवालाई उत्पादनसँग जोड्नु कांग्रेसको अबको प्रमुख लक्ष्य भएको नेतृ उपाध्यायको भनाई छ ।

रोजगारीको अवसर सिर्जना अबको हाम्रो मूल योजना हुनुपर्छ उनले भनिन्, ‘देश संकटमा परेको समयमा सबै एकजुट भएर हिड्नु आवश्यक छ ।’ उनले नयाँ नेतृत्व र विचारसहित कांग्रेस जनतामाझ आएको स्पष्ट पारिन् । कांग्रेस मकवानपुरले निर्वाचनको मिति नजिकिएसँगै कार्यकर्ता परिचालन र मतदाताको घरघरसम्म पुग्न वडा तहको कार्यक्रमलाई तीव्रता दिएको छ ।

कार्यक्रममा कांग्रेसका जिल्ला सचिव भीमसेन महत, जिल्ला सदस्य राजकुमार गोले, निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरे, मकवानपुरगढी गाउँ सभापति राजवीर मुक्तान, वडा नम्बर २ का जिल्ला प्रतिनिधि हरि वाग्ले, वडा नं. ३ का जिल्ला प्रतिनिधि विजय पुडासैनी, वडा नम्बर २ का सभापति रामप्रसाद पुडासैनी, नेपाल महिला संघकी सभापति शान्तिमाया गोले, सर्कलाल लो लगायतले बोलेका थिए ।मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका जिल्ला प्रतिनिधि एवम् जिल्ला समिति सदस्य राजकुमार गोलेको अध्यक्षतामा, वडा नम्बर ३ मा वडासभापति विजय थोकर लामाको अध्यक्षता र वडा नम्बर २ मा वडा उपसभापतिराजेश थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*