मकवानपुरमा ७ जना महिला उम्मेदवार

साझाकुरा
२०८२ माघ २६, आईतवार १३:१०

हेटौंडा- मकवानपुरका दुईवटा निर्वाचन क्षेत्रबाट सातजना महिला उम्मेदवार चुनावीमैदानमा छन् । निर्वाचन आयोगका अनुसार मकवानपु निर्वाचन क्षेत्र नम्बर १ मा कूल २३ जना उम्मेदवार छन् । त्यसमध्ये पाँचजना महिला उम्मेदवार छन् ।यो क्षेत्रमा नेकपा एमालेबाट रामेश्वर रानामगर, नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय (डीना), नेपाली कम्युनिष्ट पार्टीबाट बिजय गौतम, राष्ट्रिय स्वतन्त्र पाटीबाट प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टी नेपालबाट रुपक लामा, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल मागजु, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, श्रमसंस्कृति पार्टीबाट विद्या श्रेष्ठ (महर्जन), उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवारमा अमर दंगाल, अमिक परियार, टीकाप्रसाद चौलागाई, प्रमिलाकुमारी खतिवडा, मठु पुलामीमगर, राकेश कुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, सुशिला सुवेदी र ज्ञानसागर लामा रहेका छन् । मकवानवुर १ मा कुल एक लाख ५८ हजार ४३५ मतदाता छन् । यसमध्ये पुरुष मतदाता ७९ हजार ६२१ र महिला मतदाता ७८ हजार ८१० जना छन् । मकवानपुर निर्वाचन २ मा कूल २१ जना उम्मेदवार छन् । त्यसमध्ये दुईजना महिला उम्मेदवार छन् ।

यो क्षेत्रमा नेकपा एमालेबाट महेशकुमार बर्तौला, नेपाली कांग्रेसबाट वुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर उम्मेदवार छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, श्रमसंस्कृति पार्टीबाट युनेश लामासिंतान, उज्यालो नेपाल पार्टीबाट प्रवीनकुमार स्याङतान उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारमा प्रतिक्षा बानियाँ, रमेश आचार्य, सीतामाया बल छन् । मकवानपुर २ मा कूल एक लाख ५६ हजार ८९९ मतदाता छन् । त्यसमध्ये ८२ हजार ३३२ जना पुरुष मतदाता छन् भने महिला मतदाता ७४ हजार ५६६ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*