८० करोड आठ लाख राजश्व संकलन

साझाकुरा
२०८२ माघ २६, आईतवार १३:१४

हेटौंडा- हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख रुपैयाँले बढी हो । यस अवधिमा अन्तःशुल्कतर्फ एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्यअभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख, ब्याजकरतर्फ तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ ८१ लाख रुपैयँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब १९ करोड संकलन भएको थियो । कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तःशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगत तर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन् । करदाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*