बागमती गाउँपालिकास्तरीय प्रधानाध्यापक बैठक
हेटौंडा- मकवानपुरको बागमती गाउँपालिका स्तरीय प्रधानाध्यापकको बैठक सम्पन्न भएको छ । सोमबार पालिकाको सभाहलमा गाउँपालिकास्तरीय प्रधानाध्यापक बैठक भएको हो ।बैठकमा गत बैठकको समीक्षा, विद्यार्थी भर्ना तथा पठनपाठन एवं शैक्षिक क्यालेण्डरको कार्यान्वयन सम्वन्धमा, संस्थागत् विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति र भर्ना शुल्क सम्वन्धमा छलफल भएको छ । शिक्षकको कार्यसम्पादन मूल्यांकन फाराम पेस गर्ने सम्वन्धमा, सञ्चित विरामी विदा प्रमाणित गरी अद्यावधिक तथा व्यवस्थित राख्ने सम्वन्धमा, आईइएमआईएसमा पूर्णविवरण अद्यावधिक तथा विवरण संशोधन सम्वन्धमा, आर्थिक वर्ष २०८१÷८२÷को लेखापरीक्षण प्रतिवेदन पेस गर्ने सम्वन्धमा, विद्यालय सुधार योजना निर्माण गरी पेसगर्ने सम्बन्धमा छलफल भएको थियो ।
सिकाई चौतारी लर्निङ पोर्टलको प्रयोग गर्ने सम्बन्धमा, शिक्षक डायरीको उपयोग सम्वन्धमा, विद्यालयको वार्षिक कार्यतालिका पेस गर्ने सम्वन्धमा, शिक्षण सुधार योजना अनिवार्य सम्बन्धमा, नतिजा सार्वजनिक पूर्व आईइएमआईएसमा प्राप्तांक प्रविष्ट नगरेको सम्बन्धमा, विद्यालय बाहिर रहेका रहेका वालवालिकाको तथ्यांक संकलन फाराम भरि पेस गर्ने सम्वन्धमा र १६ औं मकवानपुर जिल्लास्तरीय
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्वन्धमा र कक्षा १ मा तामांङ भाषाको पाठ्यपुस्तक पठनपाठन लगायत एजेन्डामाथि छलफल भएको छ ।
कक्षा १ मा तामाङ भाषाको पाठ्यपुस्तक पठनपाठन अनिवार्य गर्ने भएको छ । नेपालको संविधान, २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारअनुसार बागमती गाउँपालिकाअन्तर्गत तामाङ मातृभाषा बोल्ने बालबालिकाको बहुलता रहेका विद्यालयमा मातृभाषामा आधारित शिक्षणसिकाइ प्रवद्र्धन गर्ने नीतिगत लक्ष्यअनुरुप २५ विद्यालयमा कक्षा १ देखि तामाङ भाषा पठनपाठन गर्न लागेको हो । यसका लागि शिक्षकलाई आवश्यक तालिम सञ्चालन गरिसकेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२÷१२÷२२ गतेको बैठकले २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णयानुसार १५ गते भन्दा अगाडि कुनैपनि शैक्षिक संस्थाले विद्यार्थी भर्ना वा सोसँग सम्बन्धित आवेदन खुलाउने, प्रवेश परीक्षा सञ्चालन, भर्ना वा यस सम्बन्धी अन्य कुनै पनि कार्य नगर्ने, नगराउने र पत्रानुसार मिति २०८३÷०१÷२१ गतेदेखि पठनपाठनको कार्य अनिवार्यरुपमा सुरु गर्ने भन्ने निर्देशन सहित सबै विद्यालयले यो निर्णयको अनिवार्य कार्यान्वयन गर्ने बैठकबाट सर्वसम्मतिले निर्णय भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष सर्केश घलान, सामाजिक विकास समितिका संयोजक कमानसिं पाख्रिन, शिक्षा शाखाप्रमुख प्रकाश चन्द, जनता माविका प्रअ वसन्त राईलगायत विद्यालयका प्रअको उपस्थिति रहेको थियो ।







