हेटौंडा फुटबल एकेडेमीलाई जर्सी सहयोग

साझाकुरा
२०८३ श्रावण ९, शनिबार ०९:४२

हेटौंडा- छिमेकी मूलूक भारतको सिक्किमा इन्पिेन्डेनस डे अर्थात स्वतन्त्र दिवसको अवसरमा आयोजना हुने इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीका खेलाडीका लागि जर्सी कट्टु सहयोग प्राप्त भएको छ । हेटौंडा फुटबल एकेडेमीका ए डिभिजन यु–२३ अन्तर्राष्ट्रिय खेलाडी गोलरक्षक कृशल मोक्तानले सिक्किमको इन्पिेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले २० हजार रुपैयाँ भन्दा बढी रकमको २० थान आवश्यक जर्सी सहयोग गरेका हुन् । हेटौंडा फुटबल एकेडेमीबाट फुटबलको सुरुवात गरेका मोक्तानले खेलाडीका लागि आवश्यक जर्सी अष्ट्रेलियाबाट सहयोग गरेको बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाको रजैयामा घरभएका खेलाडी मोक्तान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाउँदै आएका छन् भने हाल उनी अष्ट्रेलियामा वसोवास गर्दै आएका छन् ।

हेटौंडा फुटबल एकेडेमी टोली विगत ३ वर्षदेखि इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छ । पहिलोपटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमी लगातार दोस्रो र तेस्रोपटक भने विजेता बनेर एक लाख रुपैयाँको नगद पुरस्कार राशि मेडल तथा प्रमाणपात्र जितेको थियो । हेटौंडा फुटबल एकेडेमीको टोली सिक्किमको १५ लाख पुरस्कार राशिको फुटबल प्रतियिोगिता, १० लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता, गत वर्ष उपाधि जितेको मुनसोङको फुटबल प्रतियोगिता, नाम्ची जिल्लाको भाइचुङ भुटियाको फुटबल प्रतियोगिता, पायोङ जिल्लास्थित रम्फोको फुटबल प्रतियोगिता, सीतादेवी शर्मा स्मृति फुटबल प्रतियोगितालगायत
अन्य प्रतियोगितामा सहभागिता जनाउने छन् ।

सिक्किमको सम्पूर्ण प्रतियोगितामा छिरिङ लामाको कप्तानीमा हेटौंडाको टोली सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि अन्य आवश्यक स्रोतका लागि हेटौंडा उपमहानगरपालिका र हेटौंडा–५, स्थित जीएस निकेतनसँग सहयोगका लागि प्रस्ताव राखिने बताइएको छ । हेटौंडा फुटबल एकेडेमीको टोली फुटबल प्रतियोगितामा सहभागी हुन २० जना खेलाडी, अफिसियल, टिम म्यानेजर र टिम प्रशिक्षकसहित २५ सदस्यको टोली यही आइतबार साँझ सिक्किमा प्रस्थान हुने प्रशिक्षक भीम लामाले बताएका छन् । गतवर्ष सिक्किमको मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा सम्पन्न भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले दोस्रोपटक उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*