एकेडेमीको टोलीलाई म्यानेजमेन्ट, जीएस र हिमालय कफीको सहयोग

साझाकुरा
२०८३ श्रावण १०, आईतवार १४:२२

हेटौंडा- छिमेकी मुलुक भारतको सिक्किममा सुरु भएको स्वतन्त्र दिवसको फुटबल प्रतियोगिता सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीले सहयोग पाउने क्रम जारी रहेको छ ।हेटौंडा फुटबल एकेडेमीको टोलीलाई हेटौंडा–४, स्थित हेटौंडा स्कुल अफ म्यानेजमेण्ट सोसिएल एण्ड साइन्स कलेज, हेटौंडा–५, स्थित ज्ञानदीप शिक्षा निकेतन (जीएस) बोर्डिङ र हेटौंडा–२, कान्तिराजपथस्थित हिमालय कफी बारिष्टा एण्ड तालिम सेन्टरबाट प्रतियोगितामा सहभागी हुनका निमित्त आवश्यक सहयोग मिलेको हो । हेटौंडा स्कुल अफ म्यानेजमेण्टका प्रिन्सीपल पुरनबहादुर जोशीले ५ हजार रुपैयाँ नगद, जीएस निकेतन बोर्डिङका प्रिन्सीपल इश्वरप्रसाद लामिछानेले ४ हजार रुपैयाँ नगद र हिमालय कफी बारिष्टा एण्ड तालिम सेन्टरका सञ्चालक रनबीवर मगरले ५ हजार रुपैयाँ बराबरको २५ थान जुराफ सहयोग गरेका हुन् ।

म्यानेजमेन्टका प्रिन्सीपल जोशी र जीएस निकेतनका प्रिन्सीपल लामिछानेसँग हेटौंडा फुटबल एकेडेमीका सहायक टिम म्यानेजर रशिष आलेमगरले प्रस्ताव राखेपछि र कफि वारिस्टबाट एकेडेमीका प्रशिक्षक भीम लामाले प्रस्ताव राखेपछि आवश्यक सहयोग मिलेको बताएका छन् । यसअघि ‘ए’ डिभिजन खेलाडी कृशल मोक्तान र काठमाडौं कलेजका गेन्द्र लामाबाट पनि आवश्यक जर्सी कट्टु सहयोग पाइएको थियो । हेटौंडा फुटबल एकेडेमी टोली विगत ३ वर्षदेखि इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छ । पहिलोपटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको एकेडेमी लगातार दोस्रो र तेस्रोपटक भने विजेता बनेर एक लाख रुपैयाँ नगद जितेको छ । गतवर्ष मुनसोङमा सम्पन्न फाइनल खेलमा आदर्श युथ क्लब सिङ्ताङलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले उपाधी जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*