मंगलेश्वर युवा क्लबले जित्यो भलिबल उपाधि

साझाकुरा
२०८० मंसिर ३, आईतवार ११:०८

हेटौंडा-थाहा नगरपालिकामा भएको छैटौं विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्डको उपाधी मंगलेश्वर युवा क्लव थाहा–२ भाङखोरियाले हात पारेको छ । २७ कात्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटमा हराउदै मंगलेश्वरले उपाधी उचालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा मंगलेश्वरले आयोजकलाई २५–१९,२५–२२ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो । उपाधीसँगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बिजेता खेलाडी तथा बिधागत उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि मकवानपुर क्षेत्र न २ का संघीय सांसद महेश वर्तौला तथा थाहा नगरप्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा उत्कृष्ट पाँच विधाअन्तर्गत उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी, उत्कृष्ट डिफेन्डर रोशन गोपाली, उत्कृष्ट स्पाइकर कुशल लामा र उत्कृष्ट सटर उत्सव आले तथा उत्कृष्ट नवप्रतिभा खेलाडी सुजल कार्की हुन सफल रहे । उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभापतित्वमा सम्पन्न समापनमा प्रमुख अतिथि सांसद वर्तौला, थाहानगरप्रमुख बिष्ट, वडा न १ का अध्यक्ष हेरमान गोपाली, २ का बमबहादुर सिङतान, ३ का हिरेन्द्र रायमाझी, ५ का बिष्णुबहादुर गुरुङ, ७ का शिवराज थिङ, नेकपा एमालेका नगरअध्यक्ष अच्युत्तमप्रसाद ढकाल, माओवादी नगरसचिव लक्ष्मण बिष्ट, थाहा नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली, थाहानगर खेलकुद विकास समितिका सदस्यसचिव अनिल लामिछाने, पालुङ जेसीजका अध्यक्ष संगम कार्र्की, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठ, प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत, विनयबाबुका बुबा बिष्णुबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*