एन्फा मकवानपुरले जित्यो च्यालेन्ज कप
हेटौंडा-एन्फा मकवानपुले पिप्लेक्याम्पा रंगशालामा जारी हेटौंडा च्यालेन्ज कपको युथ–२१ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।बुधबार भएको फाइनल खेलमा मकवानपुरले रियलस्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो । १४ वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेता एन्फा मकवानपुरले एकलाख ११ हजार ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको रियलस्टारले ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ । फाइनल खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरका अनिष महर्जन भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एन्फा मकवानपुरका मोहित गुरुङ, उत्कृष्ट गोलरक्षक कृषल मोक्तान, मिडफिल्डर रितेश श्रेष्ठ र फरवार्ड प्रितम स्याङ्बो र उत्कृष्ट प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित हु“दा उत्कृष्ट डिफेण्डर रियल स्टारका उर्गेन रुम्बा चुनिए । सर्वोत्कृष्ट खेलाडीले १० तथा अन्य विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिता समापन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्की, अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य टीकाराम लामालगायतले आफ्नो धारणा राखेका थिए । आयोजक एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।