नयाँ अवसर र सम्भावना खोजी गर्न सफलता मिलोस्ः प्रमुख शर्मा

साझाकुरा
२०८० पुष १७, मंगलवार १२:१५

हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले सन् २०२४ का अवसरमा शुभकामना दिएका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ–दिदिबहिनी एवम् समस्त नेपालीमा सुख, शान्ति, सुवास्थ्य, दीर्घायू, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले देशलाई सर्वोपरी राखी संसारभरमा हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न मन, वचन र कर्मले दत्तचित्त भई लागिपर्न यस्ता विशेष पर्वले सबैलाई उत्प्रेरित गराइ राखोस् भनेका छन् ।

‘विश्वभरका मानवका लागि आजैबाट नयाँ अवसर र सम्भावना खोजी गर्न हामीलाई सफलता मिलोस् । हाम्राबीचमा आपसी सद्भाव, सहअस्तित्व, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बनोस् ।’, शुभकामना सन्देशमा प्रमुख शर्माले भनेका छन् ।प्रमुख शर्माले नयाँ वर्षलाई केवल उत्सव, रमझम र भित्तेपात्रो फेर्ने दिनका रुपमा मात्र नभएर देश निर्माणको खाका कोर्न प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनसकौं भन्ने कामना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*