बँगलादेशको परिघटना अब नेपालमा !

डा. डि.बी. मोक्तान (समाजशास्त्र÷ सस्थापक अध्यक्षः राष्ट्रिय स्वतन्त्र नागरिक मञ्च)
२०८१ श्रावण २४, बिहीबार १०:३५

हेर्दाहेर्दै बंगलादेशको ताज सा¥है नराम्रोसंग ढल्यो र प्रधानमन्त्री शेख हसिना वाजेद देशै छाडेर भाग्न प¥यो । भौगोलिक आकारमा नेपाल र बंगलादेश उस्तै र उत्रै देखिने भएपनि जनसंख्या भने नेपालको भन्दा झण्डै छ गुणा बढी छ अर्थात १८ करोड रहेको छ । दक्षिण एशियामा सबैभन्दा कान्छो राज्यको रुपमा स्थापित बंगलादेश गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आमदानीको हिसाबले भारत भन्दा अग्रस्थानमा रहेको तथ्य उसको आर्थिक सूचकाड्ढले देखाउँछ । भारतवर्ष बृटिश साम्राज्यको अधिनमा रहुन्जेलसम्म बंगलादेशको जन्म भएकै थिएन । सन १९४७ मा बृटिश सरकार आफ्नै घरायसी द्धन्दको कारण स्वदेश फर्कन लाग्दा आफ्नो विशाल उपनिबेशलाई इण्डिया र पाकिस्तान गरी दुइटा राज्यमा विभाजन गरि दिएको थियो । त्यसबेला बंगलादेश पाकिस्तानमा पर्दथ्यो ।

भूगोलको हिसाबले बंगलादेश र पाकिस्तान धेरै टाढा टाढा रहेको र राज्य संचालनमा धेरै झन्झट व्येहोर्नु परेकोले बंगलादेशी जनताले पाकिस्तानबाट अलग हुने विचार गरे र शेख मुजिबुर रहमानको आवामी लिगको नेतृत्वमा १९७१ मा आन्दोलन छेडयो । यस कार्यमा भारतको ठुलो सहयोग प्राप्त भएकोले शेख मुजिबुर रहमानले सजिलै बंगलादेश राज्यको नामले भूमि प्राप्त गर्न सफल भयो । भूमि प्राप्त गर्ने काम शेख मुजिबुरले गरेको हुनाले उनलाई बंगलादेशको राष्ट्र«पिताको नामले चिनिन्छ र सम्मान गरेको पाइन्छ । पाकिस्तानबाट बंगलादेश अलग गरेको पीडा पाकिस्तानले सहन सकेन । फलस्वरुप यहिबेलादेखि भारत र पाकिस्तान बीच दुश्मनीको विजारोपन भयो र अहिलेसम्म कायमै छ ।

शेख मुजिबुर रहमानले निरन्तर १९७५ सम्म प्रधानमन्त्रीको पदमा शासन चलायो तर अचानक सैनिक कू मा शेख मुजिबुर रहमानकोे सबै सन्तान र सहयोगी समेत १८ जनाको सामुहिक हत्या भएपछि बंगलादेशको रमजनीतिले अर्कै मोड लिनपुग्यो । त्यसबेला शेख मुजिबुर रहमानको छोरी शेख हसिना र बैनी युरोप भ्रमणमा गएकोले बाँच्न सफल भएको थियो । त्यसबेला उनीहरु बंगलादेशमा आउने वातावरण नभएकोले इन्दिरा गान्धीको संरक्षणमा लामो समयसम्म भारतमै रहन प¥यो ।

तथापि शेख हसिनाले पिताको राजनीतिलाई भित्रभित्रै निरन्तरता दिईरह्यो र १९८६ देखि १९९१ र २००९ देखि २०२४ गरी २१ बर्ष लामो कार्यकारी प्रधानमन्त्री भै बंगलादेशमा शासन गरिन जो स्ांसारकै इतिहासमा सबैभन्दा लामो कार्यकाल मानिन्छ । उसलाई राष्ट्रपिताकी छोरी र उत्कृष्ठ महिला प्रधानमन्त्री भनेर अन्तरराष्ट्रिय सम्मान पनि प्राप्त थियो । तर शेख हसिनामा तानाशाही प्रवृतिको भूत सवार हुँदै गएको कुरा उसले पत्तै पाएन र आज यस्तो अकल्पनिय दशा भोग्नु प¥यो ।

सन १९७१ मा स्वतन्त्रताको लागि पाकिस्तानसंग लडाइं गर्ने योद्धाहरुको सन्तानको लागि भनेर ३०% सरकारी आरक्षण कोटा लगायत अन्य विभिन्न किसिमको नामगरी ५६% कोटा शेख हसिनाले छुटयाएको थियो । जुन कुरा त्याहाँका विधार्थी, बुद्धिजीवि वर्ग र जनतालाई पटक्कै मन परेको थिएन । किनकी देशमा महँगी, बेरोजगारी समस्या र भ्रष्टाचारीले उग्ररुप लिंदै गएको थियो । त्यसलाई करेक्शन गर्न पटक पटक सरकारलाई अनुरोध गरेको थियो तर हसिना सरकारले माग सम्बोधन गर्नुको सट्टा दवाउने काम ग¥यो । अन्ततः यहि कारण शेख हसिनाको पतनको कारण बन्यो ।

झट्ट हेर्दा मात्र विधार्थी आन्दोलन जस्तो देखिएपनि आन्तरिक रुपमा बुद्धिजीवि, सर्वसाधारण जनता र सैनिक तथा पुलिस प्रशासनसमेत संलग्न रहेको थियो । भारतको सहयोगमा बंगलादेशी प्रधानमन्त्री शेख हसिना क्रुर तानाशाह बन्दै गएको थियो । आफ्नो विपक्षीहरुलाई भ्रष्टाचारको आरोपमा हत्या तथा जेल सजाय गर्ने, गराउने, देशको अर्थतन्त्र मुट्ठीभर धनाढयहरुको हातमा र निर्वाचन प्रणाली आफ्नो हातमा पारी शासन चलाउन खप्पिस थिए उनी । यहि षडयन्त्रको महलमा विराजमान शेख हसिनाको २१ वर्षे लामो विरासत एक महिनाको आन्दोलनले गर्लम्मै ढल्न पुग्यो र शेख हसिना देशै छाडेर भाग्न वाध्य भइन । यस्तै खालको घटनामा राजापाक्षेलाई जनताले श्रीलँकाबाट लेखेटेको थियो भने मोहम्मद कार्जार्ई पनि आफगानिस्तानबाट भाग्न परेको थियो । ५ मिनेट मात्र ढिला गरेको भए हसिनाको हत्या उसैको आवासमा हुने थियो । बडो भाग्यले बाँच्न सफल भएको थियो ।

सत्तामोहको अतृप्त कोपभाजनको जालमा परेपछि मानिस अन्धो बन्दछ भन्ने बलियो उदाहरण यस परिघटनाले दिन्छ । आफ्नो, आफन्त नातावाद र कृपावादको अहमता आगाडि जनताप्रतिको जिम्मेवारी र देशप्रतिको दायित्व गौण भैदिन्छ । मैले जे गरें वा गर्दैछु, सबै ठीक गर्दैछु भन्ने लाग्छ र निरन्तर त्यहि गलत प्रवृति पुनरावृत भैरहन्छ । फलस्वरुप दुर्घटना निम्तिन्छ । शेख हसिनासंग भएको हर्कत यहि हो । यो प्रवृति नेपालको नेताहरुमा पनि प्रशस्तै पाइन्छ ।

बंगलादेश नेपालको अत्यन्त मिलनसार छिमेकी मुलुक हो । नेपालबाट दक्षिणतर्फ करिव ४० किमीको दुरीमा रहेको यो मुलुकको दुर्घटनाले नेपालमा ठुलो तर· ल्याएको छ । शेख हसिनाको हविगत देखेर नेपाली भ्रष्ट शासकहरु सतर्क हुनुपर्ने हो तर सर्पले आधी जीउ निलीसक्दा पनि आफ्नो आगाडि झिँगा देख्यो भने भ्यागुताले झम्टिने कोशिस गर्दछ भने झैं राष्ट्रूघाती दलालहरु शेख हसिना भागे झै भाग्ने दिन आउंदैछ तरपनि यो देशमा बाँकी रहेको कमिशनको श्रोतहरु हडपिन पाए हुन्थ्यो भन्दै भ्यागुता झैं तन्किदै गरेको पाइन्छ ।

भ्रष्टाचार निवारण तथा नियन्त्रण विधेयक पारित गर्ने नाउमा भ्रष्टचारीहरुलाई भ्रष्टाचार गरेको ५ वर्षपछि कानुनै नलाग्ने नियम पारित गर्न प्रधानमन्त्री ओलीले संसदमा विधेयक पेश गरेको देख्दा अझैपनि यि भ्रष्टहरुको मती सप्रेको देखिदैन । भ्रष्टाचार सम्बन्धी ५ वर्षे हदबन्दी म्याद पारित भएछ भने ५ वर्ष पुरानो भ्रष्टाचारको फाइलहरु सधैंको लागि बन्द हुनेछ र ओली लगायत सम्पूर्ण भ्रष्टाचारीहरुले सधैको उन्मुक्ति पाउने छन ।

एमसीसी पास गराउने, उधोगीहरुसंगको मिलिभगतमा विधुत प्राधिकरणको महशुल नतिर्ने र आपसमा बाँडेर खाने, खोलानाला बेच्ने, सरकारी जग्गाहरु हडपिने, उधोग तथा कलकारखानाहरु कौडीको भाउमा बेच्ने, युवा बेरोजगार समस्या सामधानको नारा घन्काउने तर उधोग नखोल्ने, भएको उधोग तथा कलकारखाना बन्द गराई कृत्रिम बेरोजगार सृजना गरी युवाशक्तिको बेचविखन गर्ने, धर्म निरपेक्षताको नाउमा वैदिक सनातन हिन्दु, बौध, किराँत, बोन, प्रकृति पुजक, मुस्लिम, जैन, शिख जस्ता धार्मिक संस्कार र आस्थामाथि अतिक्रमण गरी धर्म परिवर्तन गराई मानसिक विचलन गराउने, भ्रष्टाचार, कमिशन, मानव तस्करी, ठगीधन्दा, कुशासन तथा बेथितीलाई चरम उत्कर्षमा पु¥याई राजनीतिक अस्थिरता ल्याउने, गणतन्त्रको नाउमा राजा फालेर आफै राजा बन्ने होडमा देशै बर्वाद पार्ने यि राष्ट्रघाती दलालहरुलाई शेख हसिनालाई जस्तै नलखेटी भाको छैन र त्यो दिन धेरै टाढा छैन ।

राजा महेन्द्रकै पालामा बनेको ५ दर्जन जति उधोग तथा कल कारखानाहरु, भएभरको सबै हिमनदीहरु, सरकारी जग्गा जमिन तथा संघ संस्थानहरु, हवाइजहाजहरु सबै बेचेर खाईसके । त्यत्तिले पनि नपुगी आफ्नै दाजुभाइलाई नक्कली भुटानी शरणार्थी बनाई बेचबिखन गर्नसम्म पछि परेनन । अझ कोही भन्ने गर्छ म भएसम्म उथल पुथल भैरहन्छ, तिमीहरु कसैलाई सुखको सास फेर्न दिन्न । अझ धेरै निहुँ खोजे लात्तै लात्ताले हान्न पनि जानेको छु भन्दै घरकै नोकरलाई थर्काए झैं थर्र्काउंछ ।

प्रचण्ड जी, उथल पुथल तपाइले होइन ओली जीले गरिसक्यो । लात्तले हान्न पनि जानेको छु भन्नु हुन्थ्यो । ओली जीले नै तपाइलाई लात्तले हानेर पाखामा पु¥याई दियो । त्यहि भएर होला ओलीको बोली आजकल निकै कडा देखिइन्छ । कहिले न्युरोडमा बालेन साहसंग, कहिले प्राधिकरणमा कुलमान घिसिङसंग, कहिले संसदमै रवि लामिछानेसंग भिडी हाल्छन । पहिला पहिला भन्ने गरेको उखानहरु सुखी नेपाली समृद्ध नेपाल, घरघरमा ग्यासको पाइप, मेचीदेखि महाकालीसम्म रेल, हावाबाट विजुली झलल, कोशी र गण्डकीमा पानीजहाज सलल बेघरवारलाई घरवार, सुकुमबासीलाई सिंहदरवार भन्ने गजडी गफ अझ चर्को स्वरले भन्न थालेको पाइन्छ ।

नेपाल रेलवे कम्पनीद्धारा संचालित जयनगर–जनकपुर रेल मासिक कराडौंको घाटामा चल्दैछ । प्यासेन्जर नपाएर घाटामा गएको होइन । ओलीको दलालहरुलाई कमिशन र तलब भत्ता दिन नपुगेर घाटामा गएको हो । यता पानीजहाजको टिकट बुकिङ काउण्टर भनेर नारायणघाटमा उसको आसेपासे र दलालहरुलाई जागिर खुवाउन खोलेको कार्यालयमा करोडौंको बार्षिक बजेट खर्च भैराखेको छ । यो सबै थाहा हुँदाहुँदै पनि न त बुकिङ काउण्टर बन्द गराइन्छ न त रेलसेवा बन्द गराइन्छ । मेचीदेखि महाकाली रेलसेवा विस्तार गर्ने बहानामा गरिव जनताको हजारौं विघा जग्गा जमिनहरु बर्षैादेखि कव्जा गरेको छ तर मुअव्जा अहिलेसम्म दिएको छैन । जनताले या त जग्गा फिर्ता देउ या त जग्गाको मुआव्जा देउ भन्ने गरेका छन तर ओली सरकारलाई कुनै मतलब छैन ।

त्यसैगरी बर्षौंदेखिको ऊखु किसान र दुग्ध किसानको पैसा अहिलेसम्म दिन सकिरहेको छैन । तर उनीहरुलाई कुनै चिन्ता छैन । छ त केवल सत्तासमिकरणको । किनकी त्याहाँ भ्रष्टहरुलाई मन्त्री पदमा लैजाने बार्गेनिङ हुन्छ अनि लाखोैंको चलखेल हुन्छ । त्यो कमिशन र भ्रष्टाचारलाई कसरी ढाकछोप गर्ने भन्नेबारे विधेयक पास गर्ने हुटहुटीले संसद तताउन थाल्छ । उनीहरुले जानेकै त्यत्तिमात्र रहेछ । यस्ता नालायक भ्रष्ट नेताहरुबाट देश र जनताको भलो कहिल्यै हुनेवाला छैन । त्यसैले अब यस्ता नालायक भ्रष्ट नेताहरुको सम्पति जफत गरी श्रमदण्डसहितको काराबासको सजाय भन्दा अरु विकल्प छैन । जय राष्ट्रवाद ।मुटुमा ढयाँँग्रो बज्न सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*