महेन्द्र मावि छतिवनमा संस्मरण लेखन सहजीकरण

साझाकुरा
२०८१ मंसिर २३, आईतवार १२:०५

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीका लागि नियमित अतिरिक्त क्रियाकलापका सन्दर्भमा संस्मरण तथा यात्रासंस्मरण सहजीकरण कार्यक्रम गरेको छ ।कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्मका गरी ३५ जना विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । झरना–महेन्द्र बालसाहित्य समितिकी अध्यक्ष प्रदिना खड्काको सभाध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गरेका थिए ।

सहजीकरणपश्चात् स्थलगत संस्मरण प्रतियोगितासमेत आयोजना गरिएको कार्यक्रममा आधारभूत तहतर्फ रीतिका लामिछाने, माध्यमिक तह (कक्षा ९—१०)तर्फ मुनुमाया स्याङ्बो तथा माध्यमिक तह (कक्षा ११—१२)तर्फ अनिल बल उत्कृष्ट भएका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रअ उद्धवप्रसाद सापकोटा तथा शिक्षक खेमबहादुर विक, पंकजकुमार यादव, अनु राई, सुभद्रा दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको आवश्यक प्रबन्ध विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक गायत्री रुपाखेतीले गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*