शिक्षकलाई पाँच दिवसीय संगीतसम्बन्धी तालिम
हेटौंडा-मकवानपुरको बागमती गाउँपालिकामा शिक्षकका लागि आयोजना भएको सिर्जनात्मक कला (संगीत) को क्षमता अभिवृद्धिसम्बन्धी पाँचदिने तालिम सम्पन्न भएको छ ।शिक्षा तालिम केन्द्र, धुलिखेलको आयोजना, बागमती गाउँपालिकाको समन्वय र जनता माविको व्यवस्थापन आयोजित तालिम बिहिबार सम्पन्न भएको हो ।
शिक्षा तालिम केन्द्र धुलिखेका निमित्त कार्यकारी निर्देशक रुद्रहरि भण्डारीको सभाध्यक्षमा भएको तालिम समापन कार्यक्रममा विस्तारित शिक्षा तालिम इकाइ, चितवन संयोजक रामकृष्ण पौडेल, प्रशिक्षकहरु हरिचन्द्र थापा, रामकृष्ण पौडेल, जनता माविका प्रअ दिनेश माझी र सहायक प्रधानाध्यापक दीपक घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
मंसिर २३ गतेदेखि सुरु तालिममा आधारभूत तह (कक्षा ४–८) का शिक्षक सहभागी भएका थिए । तालिममा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका ३० जना प्रशिक्षार्थी (शिक्षक)हरु सहभागी भएको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिए ।







