खैरोहेरोईन सहित ८ जना पक्राउ

साझाकुरा
२०८२ श्रावण ६, सोमबार ११:५६

हेटौंडा- मकवानपुर प्रहरीले अवैध लागुऔषध खैरोहेरोईन सहित ८ जनालाई पक्राउ गरेको छ । हेटौंडाका विभिन्न स्थानमा लागूऔषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ६ ग्राम ९ सय १० मिलिग्राम खैरौहेरोईन सहित ८ जनालाई पक्राउ गरेको हो ।हेटौडा १ बस्ने वर्ष २० को सतिस लामा, वडा नं. ५ सानोपोखरा बस्ने वर्ष २० को सन्जिव लामा, भीमफेदी २ कालिकाटार बस्ने वर्ष १९ की सन्ध्या पाख्रिन र मकवानपुरगढी–२ बाँसपानी बस्ने वर्ष १९ की सन्ध्या घलानको साथबाट प्रहरीले २ ग्राम २१० मिलिग्राम खैरौहेरोईन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

हेटौंडा–१५ रातोमाटे चेकिङपोईन्टबाट ना ३७ प ६४४९ नं. को मोटरसाइकललाई चेकजाँच गर्दा चालक पर्सा पोखरीया न.पा. वडा नं. ०१ बनकटवा बस्ने वर्ष २७ को अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम बरामद गरिएको हो । यसैगरी सप्तरी सम्भुनाथ नपा वडा नं.६ घरभई हाल हेटौंडा–९ लामसुरे बस्ने वर्ष ३६ को शैलेन्द्र चौधरी र सप्तरी राजगढ गापा वडा नं. ०२ बनैनिया घरभई हेटौंडा–१० बस्ने वर्ष ३६ को अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम र हेटौंडा–१५ भोर्ले बस्ने वर्ष ३० को उमेश मोक्तानको साथबाट ५१० मिलिग्राम गरी जम्मा ६ ग्राम ९१० मिलिग्राम फेला परेको प्रवक्ता अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*