स्तनपान : जीवनको पहिलो अधिकार

दीपक न्यौपाने (दीप)
२०८२ श्रावण २१, मंगलवार १८:२४

विश्व स्तनपान दिवस हरेक वर्ष अगष्ट १ तारिक विश्व भरिनै विभिन्न कार्यक्रम गर्दै मनाउने गरिन्छ । यसले स्तनपान सप्ताह अर्थात अगष्ट १ देखि ७ को आरम्भ पनि जनाउँदछ । यो यस्तो अन्र्तष्ट्रिय अभियान हो जसले आमाको दुधपानलाई संरक्षण, प्रवद्र्धन र उचित वातावरण तयार गर्न सबै तहमा सचेतना अभिवृद्धी गर्ने काम गर्दछ । यसको पृष्ठभुमि हेर्दा विश्व स्वास्थ्य संगठन, यूनिसेफ र स्तनपान अभियान विश्व सञ्जालको सहकार्यमा सन् १९९२ मा सुरुवात गरिएको अभियान हो । आजको दिनसम्म आईपुग्दा यो दिवस १७५ भन्दा बढी देशहरुमा मनाईन्छ, जसले आमा र शिशुको स्वास्थ्य, खाद्य सुरक्षा र दिगो विकासको पक्षमा सशक्त सन्देश फैलाउँछ । यो दिवसले स्तनपान केवल व्यक्तिगत निर्णय नभई सामाजिक,राजनीतिक र संरचनात्मक समर्थन हो भन्ने समेत सन्देश दिन्छ ।

स्तनपान शिशुको एक जन्मसिद्ध अधिकार हो । यो सार्वभौमिक प्राकृतिक अभ्यास हो तर विभिन्न देशहरुमा यस सम्बन्धमा फरक फरक व्यवहार, नीति र परम्परा पाइन्छन् । विश्व स्वास्थ्य संगठनको अनुसार पाँच वर्ष मुनिका शिशुको जीवन बचाउन स्तनपान एक प्रभावकारी माध्यम हो । आमाको दुध पूर्ण पोषणयुक्त, सुरक्षित र रोग प्रतिरोधात्मक हुन्छ । विश्व स्वास्थ्य संगठन र यूनिसेफले शिशलाईु जन्मेपछि ६ महिना सम्म पुर्ण स्तनपान र २ वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई सहायक आहारसंगै निरन्तरता दिनुपर्ने कुरालाई जोड दिएको छ । शिशुको ८०% मष्तिस्कको विकास २ वर्ष भित्रै हुने हुनाले पनि यो उमेर अवधिलाई महत्वको साथ हेरिएको छ ।

नेपालको सन्दर्भमा, यस अवधिलाई सुनौलो हजार दिनका रुपमा पोषण र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने गरिन्छ । तथापी विश्व स्वास्थ्य संगठन र यूनिसेफको अध्ययनले जम्मा ४४% छ महिना मूनिका शिशुहरुले मात्र पूर्ण स्तनपान गर्न पाएका औंल्याएका छन्, जुन सन् २०२५ सम्ममा ५०% पु¥याउने विश्वव्यापी लक्ष्यभन्दा कम देखिन्छ । कामकाजी महिलाहरुका लागि प्रसुति बिदाको अभाव, कृत्रिम दूधको आक्रामक विज्ञापन र प्रयोग, चेतनाको कमी र सार्वजानिक स्थानहरुमा स्तनपानप्रति हुने सामाजिक दृष्टिकोण जस्ता कारणहरुले स्तनपान गराउन गाह्रो बनाएको छ । खास गरी यो समस्या, निम्न आय भएका र घरदेखि टाढा कामकाज गर्ने महिला र समुदायहरुमा अझै गम्भिर छ ।

त्यसैले, हामीले बुझ्नै पर्ने कुरा के हो भने, स्तनपानले आमा र शिशु दुबैको शारिरीक, मानसिक, आर्थिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । नवजात शिशुको लागि स्तनपान पोषणको एक उत्तम स्रोत हो जसले विभिन्न रोगहरुको जोखिम घटाउँछ । विभिन्न अध्ययनका अनुसार, आमाहरुका लागि स्तनपानले प्रसुति पछिको
रत्तश्राव कम गर्ने, स्तन र डिम्बासयको क्यान्सरको जोखिम घटाउन सहयोग गर्दछ । आर्थिक हिसाबले हेर्दा, स्तनपानले परिवारको औषधी खर्च र कृत्रिम दूधमा लाग्ने खर्च मात्रै घटाउँदैन, समय बचतका हिसाबले आयआर्जनको लागि समेत सघाउ पु¥याउँछ । साथै वातावरणीय दृष्टिकोणले पनि स्तनपानले उत्पादन, प्याकेजिङ र ढुवानीमा हुने कार्बन उत्सर्जनमा कम गर्छ ।

हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ महिना मुनिका करिब ५६% शिशुहरुले पूर्ण स्तनपान गर्न पाएका छन् र यो दर विगतका वर्षहरु भन्दा तुलनात्मक रुपमा राम्रो प्रगति भएको मान्न सकिन्छ । यसो हुनुमा सरकारको मातृशिशु स्वास्थ्य र पोषण नीति, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, शिशु तथा बालबालिकाहरुको पोषण अभ्यास आदिले महत्वपूर्ण भूमिका खेलेको छ । तर पनि अझैपनि चुनौतिहरु नभएका भने हैनन् ।

शहरी क्षेत्रमा कामकाजी महिलाहरुलाई स्तनपानको लागि समय र स्थान अभाव, कृक्रिम दूधको प्रयोग प्राथमिकतामा पर्नु र केहि परम्परागत भ्रमहरुले स्तनपानलाई असर पारिरहेको छ । स्तनपानलाई प्राय स्वास्थ्यसंग मात्र जोडेर हेरिन्छ तर यो केवल स्वास्थ्यको कुरा मात्र होइन, यो महिला सशक्तिकरण र लै·िक समानताको मुद्धा पनि हो । यसले व्यक्ति र परिवार मात्र होइन सिंगो समाज र राज्यलाई सम्बृद्धी तिर डो¥याउँछ ।

राज्यको नीति तथा कार्यक्रमहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु सफल कार्यन्वयन गर्न मद्दत पु¥याउँछ । दिगो विकासका मातृ शिशु मृत्युदर घटाउने, महिलाको अधिकार सुनिश्चिता र निर्णयमा पहुँच अभिवृद्धी, कुपोषण न्यूनीकरण र तीव्र जलवायु परिवर्तन कम गर्न कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने जस्ता लक्ष्यहरु प्राप्तिमा समेत सहयोग मिल्दछ ।

समाजले प्रायःआमालाई शिशुको जिम्मेवारी एकल रुपमा बोक्न बाध्य बनाउँछ, तर स्तनपान सफल हुन पारिवारिक, सामुदायिक र संस्थागत सहयोग आवश्यक छ । महिलाले सार्वजानिक ठाउँमा निडरताको साथ आफ्ना शिशुलाई स्तनपान गराउन स्तनपान मैत्री स्थान निर्माण गर्न जरुरी छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमालाई स्तनपान सम्बन्धी परामर्श दिने पहिलो स्रोत भएको कारण पनि उनीहरुलाई स्तनपान सम्बन्धी दक्षता प्रदान गर्नु पर्दछ । स्तनपान सम्बन्धी सूचना सामाग्रीहरु पहुँचयूक्त र प्रभावकारी माध्यमहरुबाट प्रेषण गर्नुले उतिकै महत्व राख्दछ । स्तनपान गराउने आमालाई मात्र नभई, बुबा र परिवारका अन्य सदस्यहरुलाई समेत स्तनपान सम्बन्धी सचेतना दिनुपर्छ ताकि आमालाई मानसिक, शारीरिक र संवेगात्मक सहयोग मिलोस् ।

तसर्थ घर, कार्यस्थल, सार्वजानिक स्थलमा स्तनपानलाई अनुकूल बनाउनु आजको आवश्यकता हो । किनभने स्तनपान केवल आमा र शिशुको सवाल मात्र होइन, यो समाजको दायित्व पनि हो । स्वस्थ जीवनको सुरुआत आमाको काखबाट हुन्छ त्येसैले यस्ता दिवसहरुमा सचेतना फैलाउने, नीति निर्माणमा सुधार ल्याउने, शिक्षा र सचेतनामार्फत् पूर्ण स्तनपानको प्रबद्र्धन र सम्मानको वातावरण निर्माण गर्नु पर्दछ । सशक्त आमा, स्वस्थ शिशु र समृद्ध समाज निर्माणका लागि स्तनपान एक बलियो आधार हो । हामी सबै मिलेर स्तनपानलाई सहज, सुरक्षित र मर्यादित बनाउन स्पष्ट आवश्यकता देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*