एमाले बागमतीको प्रमुखसचेतकमा श्रेष्ठ नियुक्त
हेटौंडा-बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको प्रमुखसचेतकमा मकवानपुरका एकालाल श्रेष्ठ नियुक्त भएको छ ।यसअघिको प्रमुख सचेतक मधुसुदन पौडेल प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त भएपछि रिक्त भएको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त भएको हो । उनलाई एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नियुक्त गरिएको पत्र दिएका छन् ।
उनले यसअघि प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्रालय र खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।मकवानपुर क्षेत्र नं. १ को ख बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठले नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो । श्रेष्ठ नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य पनि हुन् ।







