प्रदेशसभाबाट पाँच अध्यादेश पारित

साझाकुरा
२०७९ असार ३०, बिहीबार ११:५६

हेटौंडा- विगतमा संसद् छलेर बागमती प्रदेशको गठबन्धन सरकारले ल्याएको पाँच वटा अध्यादेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभामा बुधवार बसेको दशौं अधिवेशनको २५ औं बैठकले अध्यादेश पारित गरेको हो । प्रदेश सरकारले यसअघि नै अध्यादेश ल्याएपछि प्रदेशसभाबाट पारित भएको थिएन । प्रदेशसभा बैठकबाट ४ वटा अध्यादेश सर्वसम्मतले पारित भएको छ । एउटा अध्यादेश भने बहुमतले पारित भएको हो । ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पेश गरेका थिए । युवा तथा खेलकुद मन्त्री श्री रत्नप्रसाद ढकालका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ लाई संशोधन गर्न बनेको अध्यादेश बैठकमा पेश गरेका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले, ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ संसद्मा पेश गरेका थिए । बैठकामा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थि।
बैठकमा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकमा शून्य समयको कार्यक्रममा ७ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*