मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल

साझाकुरा
२०७९ पुष २७, बुधबार ०८:५८

हेटौंडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमतीमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले बागमतीमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।

१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने गरी जम्मकट्टेलले ५ सदस्यीय कार्यदल गठन गरेका हुन् । जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पु¥याउने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । पाँच सदस्य कार्यदल बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको छ । कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख सदस्य छन् ।

बागमतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा ८ बाट मन्त्रालय संख्या १४ पु¥याइएको थियो । त्यतिबेला वर्तमान मुख्यमन्त्री जम्मकट्टेलले पनि मन्त्रालय फुटाउने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । दलहरूमा भागबण्डा पु¥याउन मन्त्रालय फुटाएको भन्दै व्यापक आलोचना भएको थियो । जम्मकट्टेलले बढीमा ११ वटासम्म मन्त्रालय रहने बताए । जम्मकट्टेलले संघीय सरकारसँग योजना माग गर्ने पनि निर्णय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*