५ वटा अध्यादेश स्वीकृत
हेटौंडा- बागमती प्रदेशको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको हो । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेल ५ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका गरेका थिए । अध्यादेश अस्वीकार सम्बन्धी प्रदेश सभामा निवेदन नपरेकोले सभामुख भुवन कुमार पाठकले अध्यादेश सर्वसम्मतले स्वीकृत भएको घोषणा गरे ।
मुख्यमन्त्री जमकट्टेलले सभामा पेश गरेको प्रदेश निजामति सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहको सेवा गठन तथा संचालन सम्बन्धमा बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ सर्वसम्मतले स्वीकृत भएको छ ।







