प्रदेश युवा परिषद्को नवौं बोर्ड बैठक

साझाकुरा
२०८० जेष्ठ ४, बिहीबार ११:३५

हेटौडा-युवाहरुलाई स्वरोजगार बनाउन निरन्तर तालिमलगायतका कार्यक्रम चलाउँदै आइरहेको प्रदेश युवा परिषद् बागमती हेटौंडा नेपालको नवौं बोर्ड बैठक बसेको छ । प्रदेश युवा परिषद्को अध्यक्ष सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा बुधवार बैठक बसेको हो । बैठकमा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइं, सामाजिक विकास मन्त्रालयका सचिव रामकृष्ण पुडासैनी, युवाको क्षेत्र हेर्ने महाशाखा प्रमुख खुबिराम अधिकारी, महाशाखा प्रमुख गोपालप्रसाद कंडेल र परिषद्का सदस्यहरुको उपस्थिति रहेको थियो । बोर्ड बैठकको मुख्य एजेन्डा २०८०÷८१ को प्रस्तावित बजेट कार्यक्रम माथि छलफल रहेको थियो ।

बैठकमा शिक्षा र तालिमका कार्यक्रमहरु, शिक्षा र कल्याण, युवा सशक्तिकरण, साँस्कृतिक, साहित्यिक र कलाको संरक्षण र सम्बर्धन, खेलकुद मनोरन्जन, दिगो विकासका कार्यक्रम, नागरिक संलग्नता तथा स्वयंसेवा कार्यक्रम एवं विपद व्यवस्थापन, प्रविधि र नवप्रवद्र्धन, वित्तीय सारक्षरता कार्यक्रम, क्यारियर विकास, समाजमा शान्ति शुव्यवस्था र अमनचयन कायम गर्न युवाको भूमिका, लैगिंक समानता र सबै प्रकारको विभेदको अन्त्य, मानवअधिकार, मिडिया र संचार कार्यक्रम, ग्रामीण विकास कार्यक्रमहरु बजेटमा समावेश गर्नुपर्ने र प्रदेश युवा परिषद् ऐन र बागमती प्रदेश युवा नीति जारी भईसकेकोले युवाको संख्यात्मक, गुणात्मक विकास र सर्वाङ्गिण विकासको लागि कार्यक्रम आवश्यक रहेको बैठकमा परिषद्का कार्यकारी उपाध्यक्षल सन्तोष चौलागाईले उल्लेख गरेका छन् ।

उल्लेखित कार्यक्रमहरु बजेट कार्यक्रम समावेश गर्ने मन्त्री मोक्तानले प्रतिवद्धता व्यक्त गरेकी छन् । परिषद्ले विगत र चालु आर्थिक वर्ष २०७९÷८० मा युवालाई उद्यमशिलतामा जोड्ने, युवाहरुको परिचालन, परम्परागत सीपको संरक्षण प्रवद्र्धनलगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आगामी आव ०८०÷८१ मा उल्लेखित कार्यक्रमलाई थप प्रभावकारी ढंगले निरन्तरता दिने लक्ष्य प्रदेश युवा परिषद्को रहेको कार्यकारी उपाध्यक्षले जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*