अमिताभलाई सुपरस्टार बनाएको त्यो फिल्म…

साझाकुरा
२०८० श्रावण ७, आईतवार १३:२९

एजेन्सी-कथा लेखनदेखि स्टारकास्टसम्मले फिल्मलाई हिट र फ्लप बनाउन ठूलो भूमिका खेल्छ । कुनै समय बलिउडमा स्टारलाई ध्यानमा राखेर कथा लेखिन्थ्यो । तर, ती स्टारले काम गर्न अस्वीकार गरेपछि निर्देशक÷ निर्माता अरु कलाकारलाई लिएर फिल्म बनाउन बाध्य हुन्थे । त्यस्ता धेरै फिल्म छन्, जुन पछि सुपरहिट भए । यसको एउटा उदाहरण अमिताभ बच्चन स्टारर फिल्म ‘जंजीर’ हो ।

यो फिल्मले अमिताभलाई एंग्री योङ म्यानको रुपमा पहिचान दियो भने स्टारडमको नयाँ उचाइँमा पु¥यायो । यही फिल्मले उनलाई सुपरस्टार बनाएको हो । फिल्ममा उनी इन्स्पेक्टर विजय खन्नाको भूमिकामा थिए । तर, उनी ‘जंजीर’का लागि पहिलो रोजाई भने थिएनन् । यो फिल्म उनको पोल्टामा भाग्यवस् परेको थियो । त्यसबेलाका
सुपरस्टार राजकुमारलाई फिल्म अफर गरिएको थियो ।

राजकुमार मुडी स्वभावका थिए । इन्डस्ट्रीमा उनको अभिनय भन्दा बढी एटीट्यूडको चर्चा हुन्थ्यो । उनले ‘जंजीर’मा काम गर्न ठाडै अस्वीकार गरिदिए । यसपछि धर्मेन्द्र, देवानन्दसहित कयौं सुपरस्टारलाई निर्माता प्रकाश मेहराले फिल्म अफर गरे तर कसैले काम गर्न स्वीकार गरेनन् । यसपछि फिल्मका लेखकद्वय सलीम–जावेदले उक्त
रोलका लागि मेहरलाई अमिताभ बच्चनको नाम सुझाए ।

‘जंजीर’ ९० लाखमा बनेर १७ करोड कमाई गरेको फिल्म हो । यो फिल्मभन्दा अगाडि अमिताभका १२ वटा फिल्म ‘ब्याक टू ब्याक’ असफल भएका थिए । जसले गर्दा उनीसँग ‘जंजीर’मा काम गर्न कुनै अभिनेत्री तयार थिएनन् । पछि जया काम गर्न राजी भइन् । यही फिल्ममा काम गर्ने क्रममा जया र अमिताभ प्रेम डुबेका थिए । र, फिल्म रिलिजको एक महिनापछि लगनगाँठो समेत कसे ।

यसमा तपाइको मत

Your email address will not be published.


*