श्रमिक सुरक्षितको निक्षेप १४ करोड ३१ लाख

साझाकुरा
२०८० मंसिर १७, आईतवार ०९:५२

हेटौंडा- श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाको प्रमुख आतिथ्यतामा सभा भएको हो ।२ हजार १ सय २९ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयरपुँजी ३ करोड ४१ लाख ५० हजार ६ सय रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७९÷८० मा १६ करोड ८१ लाख ४८ हजार, ३६४ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक सुशीलचन्द्र शर्माले बताए । सहकारीको बचत निक्षेप १४ करोड ३१ लाख ५५ हजार ४५० रुपैयाँ र जगेडा कोष २ करोड ४ लाख ५५ हजार ७२८ रुपैयाँ रहेको छ ।

कार्यक्रममा विभिन्न विधामा सदस्यलाई पुरस्कृत तथा सम्मान गरेको छ । जेष्ठ सदस्यतर्फ ज्ञानप्रसाद घिमिरे र राममाया भ्लोन, नियमित मासिक बचततर्फ उत्तरबहादुर श्रेष्ठ, अधिकतम बचत गर्ने सदस्य विजयाकुमारी दुलाल, ऋणमा अधिकतम व्याज तिर्ने सदस्य राजु गौतम, नियमित ऋणको किस्ता भुक्तानी गर्ने सदस्य तेजबहादुर स्याङ्बोलाई सम्मान गरिएको थियो । त्यस्तै, एसईइमा उत्कृष्ट अंक ल्याउने नीजि विद्यालयतर्फ सुजल महर्जन र रचना उप्रेती सामुदायिक विद्यालय तर्फ दिव्या रेग्मीलाई पुरस्कृत
गरिएको थियो ।

कार्यक्रममा हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, संस्थाका सल्लाहकार बद्रीनाथ शर्मालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*