ज्योति मगरको प्रस्तुतिमा नाचे तन्नेरी

साझाकुरा
२०८० पुष ११, बुधबार १०:०७

हेटौंडा-हट गायिकाको छवि बनाएकी ज्योति मगरले मंगलबार हेटौंडामा सांगीतिक प्रस्तुती गरेकी छिन् । हेटौंडाको टिसिएनचौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आफ्ना चर्चित गीत गाएकी हुन् ।आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एकघन्टा प्रस्तुती दिएकी उनलाई दर्शकले धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । बिदाको दिन भएकोले पनि अन्य दिनभन्दा मंगलबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो । मगरले करिब एक दर्जन गीत गाएकी थिइन् । मगरसँगै मंगलबार कलाकार ध्रुब बिस्को, मनोज गोर्खाली, केको सिङ लगायतको प्रस्तुती थियो ।

लोकगायक पशुपति शर्मा आउने भनिएपनि बिशेष कारण उनी अनुपस्थित रहेका थिए । जारी महोत्सवमा बुधबार चर्चित लोकगायक बद्री पंगेनी, हेमन्त शर्मा, राजेन्द्र गुन्दे्रुके, मीना गिरी लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको छ ।

जिल्लाको खेल क्षेत्रको विकासमा लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैनिक विभिन्न बिधामा खेलकुदको स्पर्धा समेत भइरहेको छ । महोत्सवमा खाना, लत्ताकपडा, विभिन्न सचेतनामूलक संस्थाको स्टलसहित बालउद्यान रहेको छ । महोत्सव आयोजनास्थलमै खेलकुद प्रतियोगिता सन्चालन भइरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*