यातायातको राजश्व ४५ करोड रुपैयाँ

हेटौंडा- यातायात व्यवस्था कार्यालय हेटौंडाले चालु आर्थिक २०८१÷८२ को नौ महिनाका अवधिमा ४५ करोड ६६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । सवारीसाधन दर्ता, नवीकरण तथा सवारीचालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१÷८२ को साउनदेखि चैतसम्ममा कार्यालयले ४५ करोड ६६ लाख ८५ हजार पाँच सय ९० रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।
कार्यालयप्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरण बाट ७ करोड ८ लाख ७१ हजार तीन सय १४, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय ९९, यातायात क्षेत्रको आम्दानीबाट ७ करोड १५ लाख ७६ हजार नौ सय ९२, संघीयतातर्फ ३ करोड १४ लाख ९१ हजार ९ सय ५३ तथा बेरुजुबाट ८ हजार दुई सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवको यो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो÷ई–रिक्सा छ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।