लोकसंगीत चौतारीको पहिलो वार्षिकोत्सव

साझाकुरा
२०८२ श्रावण १२, आईतवार ११:०७

हेटौंडा- मौलिक लोकगीतसंगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको लोक संगीत चौतारी मकवानपुरको पहिलो वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यतामा शनिबार हेटौंडा–२ बनस्खण्डीमा कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा प्रमुखअतिथि पुलामीले लोकगीत, लोकसंस्कृति र मौलिक पहिचानको संरक्षण अत्यावश्यक भएको बताए । लोकसंगीतको संरक्षणमा चौतारीले दिएको योगदानको उनले चर्चा गरे । स्थानीय मौलिकता जगेर्ना गर्न यस्ता संस्थाले महत्वपूर्ण भूमिका खेल्ने उनकोे धारणा थियो ।

कार्यक्रममा विधानलेखन मस्यौदा समिति संयोजक गणेश तिमल्सिनालाई संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा शारीरिक अशक्तता भएकी मिथिला अधिकारीलाई निःशुल्क आजीवन सदस्यता प्रदान गरिएको थियो । लोक चौतारीले हरेक शनिबार बिहान साढे ११ बजेबाट भक्तिभजन र दिउँसो १ बजेबाट ५ बजेसम्म लोकदोहोरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रममा हेटौंडाको पर्यटकीयस्थल समेटिएको सांगीतिक कोसेलीका साथै अन्य विविध लोकदोहोरी प्रस्तुत गरिएको थियो । लोकसंगीत चौतारी मकवानपुरका अध्यक्ष सीताराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा भूमि आयोग मकवानपुरका विज्ञसदस्य अर्जुन चौलागाई लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*